शंखादेवी माविको छात्रावासलाई रु एक लाख ७५ हजारको स्टिल लकर सहयोग

धादिङ, १७ कात्तिक : धादिङको बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारस्थित शंखादेवी माध्यमिक विद्यालयको छात्रावासलाई रु एक लाख ७५ हजार मूल्य बराबरका स्टिल लकर सहयोग प्राप्त भएको छ ।
स्पेनस्थित बहादुर सोसल प्रोजेक्टले सोमबार विद्यालयको छात्रावासमा बस्ने बालबालिकाका व्यक्तिगत सामान सुरक्षित राख्ने उद्देश्यले उक्त सामग्री सहयोग गरेको हो ।
विद्यालयका प्रधानाध्यापक तिलक चेपाङका अनुसार छात्रावासमा हाल ११० जना बालबालिका बस्दै आएका छन् । उनीहरूले आफ्ना कपडा, शैक्षिक सामग्री तथा अन्य व्यक्तिगत सामान सुरक्षित रूपमा राख्न लकर प्रयोग गर्न सक्नेछन् ।
आवासीय बालबालिकाका लागि व्यक्तिगत सामान सुरक्षित राख्ने व्यवस्था छात्रावास व्यवस्थापनको महत्वपूर्ण पक्ष हो । प्राप्त सहयोगले छात्रावासमा रहेका बालबालिकाका सामानको सुरक्षा तथा व्यवस्थित भण्डारणमा सहयोग पुग्ने प्रध्यानाध्यापक चेपाङले बताउनु भयो ।
बहादुर सोसल प्रोजेक्ट नेपालका ग्रामीण समुदायमा बालबालिकाको शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सामुदायिक विकासका क्षेत्रमा काम गर्दै आएको स्पेनको गैरनाफामूलक संस्था हो । संस्थाले विद्यालयमा शैक्षिक पहुँच विस्तार तथा बालबालिकाको जीवनस्तर सुधारसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
विद्यालयले प्राप्त स्टिल लकर छात्रावासमा बस्ने बालबालिकाको प्रयोगका लागि व्यवस्थापन गर्ने जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ कार्तिक १८, मंगलवार २१:०५एनपीएल: लुम्बिनीको शानदार जित, पोखरा ८ विकेटले पराजित
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक १८, मंगलवार १९:५५अन्याय र अत्याचारको विरुद्धमा ‘पाँच पाण्डव’को ट्रेलर
समाचार२०८३ कार्तिक १८, मंगलवार १७:५४संसद् बैठक बोलाउन सभामुख समक्ष कांग्रेसको आग्रह
स्वास्थ्य/जानकारी टिप्स२०८३ कार्तिक १८, मंगलवार १२:४१मस्तिष्कको गम्भीर रोगबाट पीडित कृष्णप्रसादको उपचारका लागि ५० लाख आवश्यक, सहयोगको अपिल









