संसद् बैठक बोलाउन सभामुख समक्ष कांग्रेसको आग्रह

काठमाडौँ- नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्को बैठक तत्काल बोलाउन आग्रह गर्नुभएको छ ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग आज भेटी उहाँले समसामयिक राजनीतिक विषयमा छलफल गर्नुपर्ने भन्दै बैठक बोलाउन गर्न आग्रह गर्नुभएको हो ।
अध्यादेशमार्फत विषयहरू अघि बढाउनु लोकतन्त्रको मर्मअनुकूल नहुने उल्लेख गर्दै नेता आङ्देम्बेले भोटेकोशी बाढी प्रभावितका विषयमा पनि सभामा छलफल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आजै सभामुख अर्यालसँग नेकपा (एमाले) संसदीय दलका उपनेता पद्मा अर्याल र गुरु बरालले भेट गर्नुभएको छ । सभामुखको कार्यकक्षमा भएको भेटमा उहाँहरूबीच समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल भएको थियो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ कार्तिक १८, मंगलवार २१:०५एनपीएल: लुम्बिनीको शानदार जित, पोखरा ८ विकेटले पराजित
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक १८, मंगलवार १९:५५अन्याय र अत्याचारको विरुद्धमा ‘पाँच पाण्डव’को ट्रेलर
समाचार२०८३ कार्तिक १८, मंगलवार १७:५४संसद् बैठक बोलाउन सभामुख समक्ष कांग्रेसको आग्रह
स्वास्थ्य/जानकारी टिप्स२०८३ कार्तिक १८, मंगलवार १२:४१मस्तिष्कको गम्भीर रोगबाट पीडित कृष्णप्रसादको उपचारका लागि ५० लाख आवश्यक, सहयोगको अपिल









