एनपीएलमा आज दुई खेल: लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्ने

एनपीएलमा आज दुई खेल: लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्ने

१९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई वटा खेलहरू हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लाइन्स र जनकपुर बोल्ट्स भिड्ने छन् ।

लुम्बिनी लिग तालिकाको शीर्ष स्थानमा छ । उसले ३ खेल मध्ये २ मा जित र एक खेल वर्षाका कारण रद्द हुँदा बराबरी अंक बाँडेको छ ।

जनकपुर बोल्ट्स भने लिग तालिकाको चौथो स्थानमा छ । उसले ४ खेल खेलेकोमा २ मा जित र २ मा हार बेहोरेको छ ।

दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमान्डु गोर्खाज आमने-सामने हुनेछन् ।

विराटनगर किंग्स अंक तालिकाको दोस्रो स्थानमा छ । उसले ४ खेलेकोमा २ मा जित र २ मा हार बेहोरेको छ ।

यता काठमान्डु भने अंक तालिकाको सातौं स्थानमा छ । उसले २ खेल खेलेकोमा १ मा जित र १ मा हार बेहोरेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  एनपीएल: लुम्बिनीको शानदार जित, पोखरा ८ विकेटले पराजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   8   =