पृथ्वी राजमार्ग : आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

धादिङ , १६ कात्तिक। पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज तीन घण्टा बन्द हुने भएको छ । सडक खण्डको मझिमटारमा आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्ने कार्य गर्नुपर्ने भएकाले बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न लागिएको हो ।
नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पुलको गर्डर राख्ने कार्यका लागि सडक बन्द गर्न लागिएको हो । उक्त अवधिमा मलेखु–मुग्लिङ सडकखण्ड भएर आवतजावत गर्ने सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइने उहाँले जानकारी दिनुभयो ।
सडक बन्द रहने समयमा सवारी चालक तथा यात्रुलाई धैर्यतापूर्वक यथास्थानमा रहन, लेन अनुशासन कायम गर्न तथा ट्राफिक नियमको पालना गर्न आयोजनाले अनुरोध गरेको छ । सडक बन्द हुँदा पर्न जाने असुविधाप्रति आयोजनाले क्षमा पनि मागेको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै उक्त समयमा सडक बन्द रहने जानकारी दिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ कार्तिक २१, शुक्रबार १२:४६गोरखाको चुमनुब्रीमा नुन प्रतिकिलो २०० रुपैयाँ
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक २१, शुक्रबार ०८:२५माथिल्लो म्याग्दीको मौलिक स्वाद ‘सारथी’ को ‘मयाली’ सार्वजनिक’
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक २१, शुक्रबार ०८:०८चलचित्र ‘पाँच पाण्डव’ आजबाट प्रदर्शन » Celebrity Nepal
खेलकुद२०८३ कार्तिक २१, शुक्रबार ०७:५२एनपीएलमा आज दुई खेल: कर्णाली–सुदूरपश्चिम र चितवन–पोखरा भिड्दै









