हरिवंश आचार्य » Celebrity Nepal

‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी
सेलिब्रेटी नेपाल । अभिनेता हरिवंश आचार्यले चलचित्र ‘पाँच पाण्डव’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताएका छन् । चलचित्र प्रदर्शनपछि दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिक्रिया लिन हल पुगेका उनले दर्शकले फिल्म मन पराएको र पारिवारिक मनोरञ्जनका रूपमा स्वीकार गरेको बताएका हुन् ।
हरिवंशका अनुसार चलचित्र हेर्न आएका दर्शकले यसको कथावस्तु र प्रस्तुतिलाई रुचाएका छन् । उनले भने, “सिनेमा हेर्न आउनुभएका दर्शकले चलचित्र राम्रो लागेको प्रतिक्रिया दिनुभएको छ । हेर्ने दर्शकले मन पराउनुभएको छ । यो सबै परिवारसँग बसेर हेर्न मिल्ने फेमिली ड्रामा भएको प्रतिक्रिया पनि पाएका छौँ ।”
चलचित्र प्रदर्शनअघि धार्मिक विषयवस्तुलाई लिएर उठेको विवादबारे पनि हरिवंशले आफ्नो धारणा राखेका छन् । उनले चलचित्रमा कुनै धर्म वा समुदायको भावनामा चोट पुर्याउने विषय नरहेको स्पष्ट पारे । चलचित्र प्रदर्शनपछि दर्शकले पनि त्यस्तो कुनै आपत्तिजनक विषय नरहेको प्रतिक्रिया दिएको उनको भनाइ छ ।
“धर्मको विषयमा नराम्रो देखाउने वा कसैको चित्त दुखाउने काम चलचित्रमा गरिएको छैन । कसैको चित्त दुखाउने काम गर्नु पनि हुँदैन,” उनले भने ।
वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने तथा रितेश पौडेल लगायतका कलाकार पनि देखिएका छन् ।
काली रानी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ रहेकी छन् । नवीनले यसअघि गत वर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन् ।
चलचित्रलाई श्याम तामाङले छायांकन गरेका हुन् । सुप्रिम पराजुलीको सम्पादन तथा रङ्ग संयोजन रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी तथा अर्जुन पोखरेलको संगीत रहेको छ । उत्तम न्यौपानेले साउन्ड डिजाइन, सुजिल कर्माचार्यले ब्याकग्राउन्ड म्युजिक र पुकार धिमालले भिएफएक्सको जिम्मेवारी सम्हालेका छन् ।
रोहित राज गौतम एचओपी र विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेको चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल हो । चलचित्रलाई आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले देशव्यापी वितरण गरेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ कार्तिक २५, मंगलवार ०७:५९एनपीएलमा आज सुदूरपश्चिम र जनकपुर भिड्दै
समाचार२०८३ कार्तिक २५, मंगलवार ०६:२०देउसीभैलोमा आधुनिकताको प्रभाव, मौलिक संस्कृति ओझेलमा
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक २४, सोमबार १८:२४प्राविधिक कारण ‘प्रतिवैरम्’को प्रदर्शन स्थगित, नयाँ मिति छिट्टै सार्वजनिक गरिने
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक २४, सोमबार १७:५९चलचित्र ‘मोनालिसा ब्लडी लभ’ को फर्स्ट लुक मोसन पोस्टर सार्वजनिक









