तीन पात्रको रोचक संयोजनसहित ‘तिलस्मी’को पोस्टर सार्वजनिक

तीन पात्रको रोचक संयोजनसहित ‘तिलस्मी’को पोस्टर सार्वजनिक


सेलिब्रेटी नेपाल । तारा अधिकारीको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘तिलस्मी’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका तीन प्रमुख पात्रलाई रोचक र आकर्षक शैलीमा प्रस्तुत गरिएको छ ।

सुनौलो तारा मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रको पोस्टरमा कलाकारहरू जाहन्वी बस्नेत, सुनिशा बजगाईं र महेश खड्का देखिएका छन् । तीन पात्रलाई एकअर्कासँग जोडिएको फरक शैलीमा प्रस्तुत गरिएको पोस्टरले चलचित्रको विषयवस्तुप्रति दर्शकमाझ कौतूहल सिर्जना गर्ने संकेत गरेको छ ।

आगामी पुस २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा जाहन्वी बस्नेत, सुनिशा बजगाईं, महेश खड्का, आरजे सिंह, रश्मि भट्ट, भविष्य कार्की र सुभाष भण्डारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको कथा, निर्माण तथा निर्देशन तारा अधिकारीले गरेकी हुन् । गीतकार समेत रहेकी उनको यो पहिलो चलचित्र निर्देशन हो । पटकथा तथा संवाद बाबुराम निरौलाले लेखेका छन् । चलचित्रको संगीत सुमन केसी र किरण कँडेलले दिएका छन् ।

त्यस्तै, छायांकन बिनोद बल, ध्वनि डिजाइन अमित श्रेष्ठ, प्रमुख सहायक निर्देशक इलियास शेख छन् भने सम्पादन नहकुल खड्काले गरेका छन् ।

पारिवारिक कथावस्तुमा आधारित चलचित्र ‘तिलस्मी’मा राजीव समरको कोरियोग्राफी, राजेन्द्र मोक्क्तानको कलर संयोजन रहेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   2   =