कमेडी चलचित्र ‘तिरिमिरी झ्याइँ’को पोस्टर सार्वजनिक

कमेडी चलचित्र ‘तिरिमिरी झ्याइँ’को पोस्टर सार्वजनिक

यस चलचित्रमार्फत ‘दले दाई’ उपनामले चर्चित कमेडियन सुमन कोइरालाले ठूलो पर्दामा डेब्यु


सेलिब्रेटी नेपाल। हास्यव्यङ्ग्यात्मक नेपाली कथानक चलचित्र ‘तिरिमिरी झ्याइँ’को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ। समीरको निर्देशनमा निर्माण भएको चलचित्र आगामी माघ २८ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ।

पात्रहरूको सामूहिक उपस्थिति रहेको पोस्टरमा चलचित्रका कलाकारहरूलाई फलामे बारभित्र कैद अवस्थामा देखाइएको छ। पोस्टरमा आभास अधिकारी, सुमन कोइराला, रियर राई, सुरज चौलागाईं र सरोज अर्याल देखिएका छन्। उनीहरूको अनुहारमा देखिने फरक–फरक हाउभाउ र भावभङ्गी देखिन्छ।

आभास अधिकारीको कथा तथा अवधारणामा तयार भएको चलचित्र मनोरञ्जनात्मक र सामाजिक कथामा आधारित छ। समकालीन समाजका विविध रमाइला तथा ठट्यौली पक्षलाई रोचक शैलीमा प्रस्तुत गर्ने चलचित्रले दर्शकलाई हँसाउनुका साथै सामाजिक परिवेशसँग पनि जोड्ने निर्माण पक्षको अपेक्षा छ।

होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रमार्फत ‘दले दाई’ उपनामले चर्चित कमेडियन सुमन कोइरालाले ठूलो पर्दामा डेब्यु गरेका छन्‌। चलचित्रमा वरिष्ठ अभिनेता धिरेन शाक्यसहित आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, राजश्री थापा र घनश्याम जोशीलगायतका कलाकारहरूको मुख्य अभिनय रहनेछ।

चलचित्रमा विशाल कक्षपतिको छायाङ्कन रहेको छ भने अभिषेक कार्कीको सङ्गीत रहेको छ। गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा चलचित्रको पटकथा तथा संवाद तयार पारेका हुन्। यसैगरी सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ।

चलचित्रका निर्माता प्रद्युम्न बोगटी (प्रविन) हुन्। आभास अधिकारी कार्यकारी निर्माताका रूपमा छन्। सह–निर्माताहरूमा भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, दिनेश श्रेष्ठ र अनिल शर्मा रहेका छन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  हरिवंश आचार्य » Celebrity Nepal
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   8   =