सर्वोच्च अदालतमा ४ जना न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा ४ जना न्यायाधीश नियुक्त

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपरिषद्को सिफारिसमा उहाँहरूलाई आज नियुक्त गरिएको हो । नियुक्त हुनेमा डा. रत्नबहादुर बाग्चन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी हुनुहुन्छ ।

डा. बाग्चन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुनुहुन्थ्यो ।

त्यस्तै, सारु उच्च अदालत पाटन, पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलास र डाँगी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश हुनुहुन्थ्यो ।।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  समाज रूपान्तरणमा सामाजिक सङ्घसंस्थाको भूमिका महत्त्वपूर्ण : प्रजिअ गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   5   =