‘सारथी’को अफिसियल पोस्टर सार्वजनिक » Celebrity Nepal

‘सारथी’को अफिसियल पोस्टर सार्वजनिक » Celebrity Nepal

सेलिब्रेटी नेपाल। चलचित्र ‘सारथी’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। कुमार गजुरेलको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र आगामी मंसिर ११ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने तयारीमा छ।

सार्वजनिक पोस्टरमा म्याग्दीको गुर्जा क्षेत्रको हिमाली परिवेश, प्राकृतिक सौन्दर्य र चलचित्रका मुख्य पात्रहरूलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ। चलचित्र ‘सारथी’मार्फत गिरि विश्वकर्मा र गायत्री जोशी दर्शकमाझ प्रस्तुत हुँदैछन्। यस चलचित्रमा नेपाली चलचित्र क्षेत्रका परिचित कलाकार निरुता सिंह र उत्तम प्रधानको पनि अभिनय रहेको छ। करिब दुई दशकपछि निरुता र उत्तमलाई एउटै चलचित्रमा देख्न पाउनु ‘सारथी’को अर्को विशेष आकर्षण बनेको छ।

चलचित्रमा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र के.सी., सम्रान्त थापा, गिरि विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुइँकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारहरूको अभिनय रहेको छ।

तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको चलचित्र किम्भे प्रोडक्सनको निर्माण तथा धिरज इन्फिनिटी फिल्म्सको सहकार्यमा तयार भएको हो। चलचित्रका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन्। कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ रहेका छन् भने सह-निर्मातामा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा रहेका छन्। चलचित्रको लाइन प्रोड्युसर अमिर के.सी. हुन्।

चलचित्रको छायांकन संकल भुजेलले गरेका छन् भने सम्पादन तारा थापा ‘किम्भे’को रहेको छ। मुख्य सहायक निर्देशक राजु खतिवडा तथा सहायक निर्देशक यमुना आचार्य र आशिष श्रेष्ठ रहेका छन्। चलचित्रमा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत, नृत्य निर्देशन कविराज गहतराज। चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ।

म्याग्दीको गुर्जा क्षेत्रमा छायांकन गरिएको चलचित्रले हिमाली जनजीवन, स्थानीय संस्कृति, परम्परा, सामाजिक सम्बन्ध र मानवीय संवेदनाका विविध पक्षलाई समेटेको छ। प्राकृतिक सौन्दर्यसँगै स्थानीय जीवनशैलीलाई पर्दामा उतार्ने प्रयास चलचित्रको विशेष पक्षका रूपमा रहेको छ।

यो पनि पढ्नुहोस् :  के शिवम अधिकारी अशोक दर्जीलाई लिएर नयाँ चलचित्र बनाउँदैछन् ?

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   8   =