नेपाली क्रिकेट टोली विश्वकपमा छनोट भए १५ लाख दिइने

नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहन स्वरुप रू १५ लाख दिने घोषणा गरेको छ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा भोगेन्द्र प्रसादद्वारा आज जारी प्रेस विज्ञप्तिमा राष्ट्रिय क्रिकेट टिम र अफिसियलाई एकमुष्ट रू १५ लाख दिने उल्लेख गरिएको छ । अस्पतालले उक्त प्रतियोगिताको फाइनल खेलमा पनि नेपाल विजयी भएमा थप रू पाँच लाख प्रदान गर्ने विज्ञप्तिमा जनाएको छ ।
नोबेल मेडिकल कलेज टिचिङ अस्पतालका पूर्वअध्यक्ष तथा प्रबन्ध निर्देशक र हाल मोरङ क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य डा सुनिल कुमार शर्माको अगुवाइमा उक्त अस्पतालले खेलाडीहरुलाई निःशुल्क एवम् सहुलियत शुल्कमा स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको पनि सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपालमा क्रिकेट खेलको विकासमा सानो भए पनि सहयोग पुगोस् र खेलाडीमा हौसला प्रदान होस् भनेर सो प्रोत्साहन रकमको व्यवस्था गरिएको सांसद डा शर्माले बताउनुभयो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र माथिल्लो मूलपानी क्रिकेट मैदानमा भइरहेका उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै विजयी भएको थियो भने दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएउँदै सेमिफाइनलमा पुगेको हो ।
अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने ट्वान्टी २० विश्वकपको अन्तिम छनोटमा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छ्न । जसमा प्रतियोगिताबाट शीर्ष दुई टोली विश्वकपको लागि छनोट हुनेछन् ।
नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा सिङ्गापुर, मलेसिया र ओमान छन् । त्यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स युएई, हङकङ, बहराइन र कुवेत छन् । नेपालले अब आफ्नो तेस्रो खेल भोलि ओमानसँग खेल्नेछ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ असार २०, शुक्रबार ०९:३९बाह्र वर्ष लगाएर खेलमैदान निर्माण « रिपोर्टर्स नेपाल
समाचार२०८२ असार २०, शुक्रबार ०९:०७राष्ट्रियसभा र पाँच संसदीय समितिको बैठक आज बस्दै
कला, विचार/मनोरञ्जन२०८२ असार २०, शुक्रबार ०८:२५‘जनै हराएको मान्छे’ले खोल्नेछ विजय बरालको स्टारडमको अर्को अध्याय?
समाचार२०८२ असार १९, बिहीबार २२:३३पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो