रेखाको चलचित्र ‘उपहार’ को पहिलो गीत सार्वजनिक

काठमाडौँ। निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित तथा रेखा थापा निर्मित चलचित्र ‘उपहार’ को पहिलो गीत सार्वजनिक गरिएको छ।
बाबुल गिरी र एलिना चौहानको स्वरमा रहेको ‘वाह वाह’ बोलको गीत काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। बाबुल गिरीकै संगीत र शंकर अधिकारी ‘घायल’को शब्दमा तयार भएको गीत रोमान्टिक र डान्सिङ छ ।
गीतमा चलचित्रका शीर्ष कलाकारहरु फिचर्ड छन् । गीतमा चलचित्रका तीन जोडीलाई प्रस्तुत गरिएको छ । रेखा थापा र मुकुन भुषाल, पूजा शर्मा र समर्पणजंग कार्की, बेनिशा हमाल र तेज गिरीलाई जोडीको रुपमा प्रस्तुत गरिएको छ ।
रेखा फिल्मस् र कपनगढी फिल्म्सको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र सामाजिक विषयवस्तुमाथि बनेको छ । चलचित्रमा अभिमन्यू निरवी तथा सुलक्षण भारतीको लेखन छ ।
चलचित्रमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, विष्णु कल्पितको छायांकन, रोशन श्रेष्ठको एक्सन र देव गुरुङको सम्पादन,पार्स्व संगीत सास्वत श्रेष्ठको रहेको छ । चलचित्र फागुन २५ गतेबाट प्रदर्शनमा आउनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ बैशाख २, बुधबार १०:४७दिल्लीमा पुगेर बाबुरामले भने–’जेनजीको शक्तिशाली प्रदर्शनबाट ठुला दलहरूको सरकारलाई ढालेरै छाड्यो’
समाचार२०८३ बैशाख २, बुधबार १०:२९समानुपातिक सांसदसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
समाचार२०८३ बैशाख २, बुधबार ०७:५७बाघ बच्छला मन्दिर चुलीको नवनिर्मित भवनको उद्घाटन
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १, मंगलवार २०:४९कमेडी दरबार’ सिजन ३ सुरु, नयाँ कलाकार र सेटसहित फर्कियो शो








