अमर अनुरागले ल्याए गीत ‘माया नै हो’

काठमाडौँ । गायक अमर अनुराग श्रेष्ठको नयाँ गीत ‘माया नै हो ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिकास गिरीको र्याप समेत छ । गीतको भिडियोमा इन्द्र दोङ लामा(खम्बे), शान्ती बस्नेत, सरु दाहाल, रेश्मा तिमिल्सेना, राजेन्द्र गिरी र समनराज गिरीको अभिनय छ । सबै कलाकार हास्य श्रृखला ‘हर्के हल्वल्दार’का कलाकार हुन् । सन्तोष राजबहाकको कोरियोग्राफी रहेको भिडियो खम्बे इन्टरटेनमेन्टले निर्माण गरेको हो ।
भिडियोमा विजेश पौडेलको सम्पादन, प्रवेश पोखरेलको छायांकन छ । सुस्मिता श्रेष्ठ निर्माता र कलाकार महादेव त्रिपाठी सल्लाहकार रहेको भिडियोको निर्देशन इन्द्र दोङ लामाले गरेका हुन् । गायक आमर अनुराग हाल अमेरिकामा बस्छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २७, शनिबार २१:४६आज आमने-सामने हुँदै हालान्ड र केन, कसको खेल कस्तो?
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २७, शनिबार १३:४८बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतकाे आईसीयूमा उपचार हुँदै









