नेपाली कांग्रेस धादिङ जिल्ला सम्मेलन विधि विपरित भएको भन्दै पाख्रिन, ढुंगाना र धमलाले बहिस्कार गर्ने, सहभागि नहुन कार्यकर्तालाई अपिल

धादिङ,१७ कार्तिक ।
नेपाली कांग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनमा चरम विवाद देखिएको छ । शनिबार कांग्रेस नेता शेखर कोईरालाले उद्घाटन गर्ने भनिएको सम्मेलन केन्द्रीय सदस्य दिलमान पाख्रिन, निवर्तमान सभापति रमेश धमला र १४ ओं अधिवेशनमा झिनो मतले पराजित भिम प्रसाद ढुंगानाको समुहले बहिस्कार गर्ने भएको हो । पार्टीलाई विधानत संचालन गर्न पटक पटक आग्रह गर्दा पनि सभापति रामनाथ अधिकारीले स्वच्छचारी ढंगबाट पार्टी संचालन गरेकाले बहिस्कार गर्नुपरेको पत्रकार सम्मेलनमा ढुंगानाले जानकारी दिनुभयो । सम्मेलनमा महासमित सदस्य बासु तिम्मलसेना र दुवै क्षेत्रका क्षेत्रीय सभापति द्वय राकेश धमला, कुमार सिंखडा पनि सहभागि नहुने भएका छन् ।

पत्रकार सम्मेलनमा सहभागि निवर्तमान सभापति धमलाले भोलीको सम्मेलन गुटको भेला मात्र भएकाले सहभागि नहुन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । उहाँले सभापति बनाउन आफु नै लागि परेको भए पनि पार्टीलाई विधि संवत् बनाएर लान नमानेपछि यो निर्णय गर्नुपरेको बताउनुभयो। पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य पाख्रिन, उपसभापति, कोषाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।
आज साँझ पार्टी कार्यालय धादिङमा पत्रकार सम्मेलन गर्दै भोली (शनिबार) हुने सम्मेलनमा आफ्नो सहभागिता नहुने बताउनु भएको हो । पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुदै नेपाली काँग्रेस धादिङका पुर्व सभापति समेत रहनुभएका धमलाले पार्टीको हितको लागि भोली(शनिवार) हुने कार्यक्रममा सहभागी नहुनको लागि सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभयो ।
पहिलो पटक हुन लागेको सम्मेलनमा उत्साह हुनुपर्नेमा बहिस्कार गर्नुपर्ने बाध्यता आएको स्पष्ट पार्नुभयो ।पत्रकार सम्मेलनमा नेपाली काँग्रेस महासमिति सदस्य तथा नेता भीम प्रसाद ढुंगानाले भोली(शनिवार) को भेलाको औचित्य नभएको बताउनु भएको छ ।आन्तरिक पार्टी भित्रको विषयलाई समधान नगरी एकलौटी रुपमा बढेको भन्दै भोली शनिवार हुने सम्मेलनमा आफुहरु सहभागी नहुने ढुंगानाले स्पष्ट पार्नुभयो । सम्मेलनबाट पास हुने कुरा पार्टीको गाईड लाईन हुने भन्दै कसैसँग पनि सल्लाह नगरी सभापति एकलौटी ढंगले बढेको भन्दै थप सरसल्लाह गरेर कार्यक्रम सार्नको लागि पनि आग्रह गर्नुभएको छ । आफुले पटक पटक सभापतिसँग सल्लाह गरेर अघि बढौ भन्दा पनि नमानेको कारण शनिवारको कार्यक्रममा आफुहरु सहभागी नहुने बताउनु भएको हो । ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:३८सामाजिक कथावस्तुमा निर्माण गरिएको ‘हली’को टिजर सार्वजनिक
समाचार२०८३ असार ५, शुक्रबार १९:०८नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न








