डोटीमा जिप दुर्घटना : ४ जनाको मृत्यु, ५ जना घाइते

डोटी- डोटीको शिखर नगरपालिका -३ अण्यौलस्थित केआई सिंह राजमार्गमा जिप दुर्घटना हुदाँ ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।
कैलालीको धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप गएराति २ बजेर २८ मिनेटको समयमा एक्कासी अनियन्त्रित भई सडकबाट करिब ५०-६० मिटर तल खसेको थियो ।
जिपमा चालकसहित १० जना सवार रहेका मध्ये ४ जनाको घटना स्थलमा मृत्यु भएको र ५ जना घाइतेहरुको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भैरहेको इलाका प्रहरी कार्यलय दिपायलले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यलय दिपायलका अनुसार मृत्यु हुनेहरुमा बाजुराकाे हिमाली गाँउपालिका वडा नं ५ बस्ने २२ बर्षीया राधिका मलाल, ३२ बर्षीया धनशाेभा बुढा, उनकाे ६ बर्षीय छाेरा कबिन्द्र बुढा, साेही गाँउकी बिमला मलालकी ८ महिने शिशु प्राथना मलालकाे मृत्यू भएकाे प्रहरीले जानकारी दिएकाे छ ।।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’