‘लाउँदैन र माया’ गीत सार्वजनिक, निक्स र मोडल विनाको रोमान्स

काठमाडौं, २५ कार्तिक । गायिका रानी शाक्य र गायक सीडी बिजय अधिकारीको स्वरमा ‘लाउँदैन र माया’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । यो गीतमा गौरी काफ्ले र सीडी बिजय अधिकारीको शब्द र अधिकारीकै संगीत छ ।
गीत कर्णप्रिय पनि छ । यसको भिडियोलाई झनै आकर्षक बनाइएको छ । प्रहिल कार्कीको निर्देशनमा तयार भएको उक्त गीतको भिडियोमा निक्स शर्मा र मोडल विना राउतको रोमान्टिक अवतार हेर्न सकिन्छ ।
फिल्मी शैलीको लाग्ने यो गीतको भिडियोमा माधव बेलवासेको सम्पादन, उत्तम हुमागाँइको छायांकन छ । फरक फरक शैलीका गीत दर्शकमाझ ल्याउन माहिर मानिएकी गायिका रानी शाक्यले यसपटक रोमान्टिक गीत तिहारको उपलक्ष्यमा दर्शकलाई उपहार स्वरुप सार्वजनिक गरेकी हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार ५, शुक्रबार ०७:५८कतारको पोष्टमा क्यानडाको ६ गोल « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार ४, बिहीबार १९:५०नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता
समाचार२०८३ असार ४, बिहीबार १७:५०दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ असार ४, बिहीबार १०:१०‘आई एम जितबहादुर’को ग्राण्ड प्रिमियर सम्पन्न, चलचित्रकर्मीबाट सकारात्मक प्रतिक्रिया









