बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती

राँझा (बाँके), २६ कात्तिक । लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लामा अझै पनि कुष्ठरोगको समस्या कायमै रहेको पाइएको छ । विगतको तुलनामा बिरामीको सङ्ख्यामा कमी आए पनि नयाँ बिरामी पहिचान हुँदै गएकाले कुष्ठरोग निवारणमा चुनौती देखिएको छ ।
छाला, कुष्ठ तथा क्षयरोगका बिरामीको उपचार गर्दै आएको जानकी गाउँपालिकास्थित साइनिङ अस्पतालमा आर्थिक वर्ष २०७९/८० मा एक सय २६ कुष्ठरोगीको पहिचान भएको अस्पतालका प्रमुख मङ्गलबहादुर थारूले जानकारी दिए । उनका अनुसार पहिचान भएकामध्ये ५५ बाँकेका र २७ जना बर्दिया जिल्लाका छन् । अन्य बिरामी लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका छन् । नयाँ कुष्ठरोगीमा बालबालिका पनि परेका छन् ।
गैरसकारी सस्था आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालले अस्पतालमा आएका बिरामीका साथै ठाउँ–ठाउँमा शिविर सञ्चालन गरेर कुष्ठरोगीको खोजपड्ताल गर्ने गरेको अस्पतालका प्रमुख थारूले बताए । अस्पतालमा अघिल्लो आव २०७८/७९ मा एक सय ५७ कुष्ठरोगीको पहिचान भएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जनस्वास्थ्य समस्याको रूपमा कुष्ठरोगको सङ्क्रमण देखिएकाले निवारण चुनौतीपूर्ण रहेको बताए । समाजमा अहिले पनि रोगी लुकेर बसेको हुनसक्ने भएकाले खोजी अभियान शिविर सञ्चालनको आवश्यकता रहेको उनको भनाइ छ ।
जानकी गाउँपालिका स्वास्थ्य शाखा संयोजक दलबहादुर रानाले समाजमा अझै पनि कुष्ठरोगको प्रभाव रहेकाले निवारणमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । उनले विगतको तुलनमा रोगीको सङ्ख्या कमी भए पनि रोग निवारणको लक्ष्य भेट्टाउन सबैले आ–आफ्नो क्षेत्रबाट प्राथमिकताका साथ लाग्न जरुरी भएको उल्लेख गरे ।
जिल्ला स्वाथ्य कार्यालय बाँकेका क्षय कुष्ठ स्रोत व्यक्ति रवीन्द्र शाहले जिल्ला स्वास्थ्य कार्यालयमा रोग निवारण अभियानका लागि बजेट नभएको जानकारी दिँदै स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रममा प्राविधिक सहयोग गर्दै आएको बताए ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कुष्ठरोग स्रोत व्यक्ति जीवन रजौरेले अझै पनि समाजमा कुष्ठरोगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएकाले उनीमाथि भेदभाव हेला हुने गरेको उल्लेख गरे । अहिले पनि कुष्ठरोगका बिरामीको स्वास्थ्य संस्थासँग पहुँच नरहेकाले उनको भनाइ छ ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले यस क्षेत्रमा आईएनएफले कुष्ठरोग निवारणको लागि सकारात्मक कार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा सरोकारवाला निकायबीच थप सरसल्लाह र समन्वय गरेर लाग्ने बताए । उनले कुष्ठरोग निवारणका लागि जिल्लाका स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारसँग बजेट व्यवस्थापनका लागि आफूले समन्वय गर्ने बताए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २, बुधबार २२:३२‘जेरी : द लास्ट क्लाइम्ब’मा अनमोलको इन्ट्री
समाचार२०८३ बैशाख २, बुधबार २०:१७जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति गठन
खेलकुद२०८३ बैशाख २, बुधबार ११:३९ट्राफिकले जाँचका क्रममा लिएका कागजपत्र लिन कोही नआएपछी….
खेलकुद२०८३ बैशाख २, बुधबार १०:४७दिल्लीमा पुगेर बाबुरामले भने–’जेनजीको शक्तिशाली प्रदर्शनबाट ठुला दलहरूको सरकारलाई ढालेरै छाड्यो’








