पूर्वी चितवनको ऐतिहासिक चित्रसारी मेला (फोटो फिचर)
चितवन- पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. ८ मा चितवनकै पुरानो तथा ऐतिहासिक चित्रसारी मेला शुरु भएको छ । हरेक बर्ष हरिबोधनी एकादशीको अवसरमा लाग्ने सो मेला यस बर्ष बुधवार देखि तीन दिनसम्म लाग्ने छ ।
मेलाको मुख्य दिन भने आज (बिहीबार) हो । आज मेलामा अत्यधिक भीड हुने भएकोले सुरक्षा व्यवस्था कडा पारिएको छ । चित्रसेन बाबा मन्दिर संरक्षण समितिले मेलाको अगुवाइ गर्दै आएको छ । यो चितवनकै सबैभन्दा पुरानो र ऐतिहासिक मेला पनि हो ।
दसैँ र तिहार सकिए लगतै लाग्ने सो मेलामा ६५० वटा स्टल राखिएको छ । मेलाको सम्पूर्ण तयारी समेत पुरा भएको छ । एकादशीमा व्रत बसेको महिलाहरू चित्रसेन बाबा मन्दिरमा पूजा गर्न आउने र भक्तजनहरू मेलामा रमाउने चलन रहेको छ ।
व्रत बसेका महिलाहरू मेलामा पाइने, फलफूल, उखु, सखरखण्ड लगायतका सामाग्री किनेर घर लैजाने चलन रहेको छ । मेलाको प्रमुख आकर्षणको रुपमा उखु र राउण्ड बत्तीलाई लिने गरिएको छ । मेलामा पाइने उखु, सखरखण्ड, बदाम विशेष खानाको रुपमा खाने प्रचलन रहेको छ । सो मेलामा व्यावसायिक, खेल तथा रेष्टुरेन्टका स्टलहरू रहने छन् ।
राउण्ड बत्ती र रिङ सो मेलामा प्रमुख खेलहरू हुन् । चित्रसारी मेला तीन दिनको अवधिमा ६० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलाबाट भएको आम्दानी चित्रसेन बाबाको मन्दिर व्यवस्थापनमा खर्च गरिँदै आएको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
- समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
- समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
- समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास