स्वास्थ्य तथा शिक्षातर्फ सबैभन्दा बढि कर तिरेवापत नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल सम्मानित
काठमाडौं, ७ मंसिर । स्वास्थ्य तथा शिक्षातर्फ सबैभन्दा बढी कर तिरेवापत नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा आन्तरिक राजस्व विभागले आज (बिहीबार) एक कार्यक्रम गरी उत्कृष्ट करदाताहरुलाई सम्मान प्रदान गरेको हो । गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका हुन् ।
स्वास्थ्य तथा शिक्षातर्फ सबैभन्दा बढी कर तिरेवापत नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल सम्मानित बनेको हो । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्प्टिलले आर्थिक वर्ष २०७३/७४, २०७६/७७, २०७७/७८ मा पनि स्वास्थ्य तथा शिक्षातर्फ सवै भन्दा बढी कर तिरेवापत सम्मानित बनिसकेको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
- समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
- समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
- समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास