स्वास्थ्य तथा शिक्षातर्फ सबैभन्दा बढि कर तिरेवापत नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल सम्मानित

काठमाडौं, ७ मंसिर । स्वास्थ्य तथा शिक्षातर्फ सबैभन्दा बढी कर तिरेवापत नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा आन्तरिक राजस्व विभागले आज (बिहीबार) एक कार्यक्रम गरी उत्कृष्ट करदाताहरुलाई सम्मान प्रदान गरेको हो । गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका हुन् ।
स्वास्थ्य तथा शिक्षातर्फ सबैभन्दा बढी कर तिरेवापत नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल सम्मानित बनेको हो । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्प्टिलले आर्थिक वर्ष २०७३/७४, २०७६/७७, २०७७/७८ मा पनि स्वास्थ्य तथा शिक्षातर्फ सवै भन्दा बढी कर तिरेवापत सम्मानित बनिसकेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
समाचार२०८२ माघ १९, आईतवार १४:१५मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र







