पुरानो गीत ‘तिम्रो मनमा लुकेको कुरा’ शंकर र अन्नुको स्वरमा रिमेक

काठमाडौँ। सदाबहार सुपर हिट गीत ‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक गीतको भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो। ३३ बर्ष अघि निर्माण भएको चलचित्र ‘चिनो’ मा समाबेस ‘तिम्रो मनमा लुकेको कुरा’ लाई गायक नारायण गोपाल र गायिका आशा भोष्लेले स्वर दिएका थिए। गीतमा रन्जित गजमेरको संगीत र कुसुम गजमेरको शब्द रचना रहेको छ। रिमेक भर्सनमा गायक शंकर श्रेष्ठ र गायिका अन्नु चौधरीको स्वर रहेको छ।
गीत सार्वजनिक कार्यक्रममा गीतका संगीतकार रन्जित गजमेर,अभिनेत्री शर्मिला मल्ल,अभिनेत्री गौरी मल्ल,निर्माता मोहन सराफ लगाएत बाक्लो संचारकर्मीहरुको उपस्थिति रहेको थियो। सन्तोष राजबाहकले निर्देशन गरेको भिडियोमा भुवन केसी,शर्मिला मल्ल,सुरविर पण्डित, शिशिर भण्डारी,शंकर श्रेष्ठ,अश्विनी शाहीको अभिनय रहेको छ। भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन र दिन्सन शाहले सम्पादन गरेका छन्। भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै संगीतकार रन्जित गजमेरले ३३ बर्ष अघि मुम्बईमा गीत रेकर्डिङ्गको समयको स्मरण गर्दै भने ‘त्यति बेला नारायण गोपाल र आशा भोष्लेले गीतमा न्याय दिएका थिए,दर्शक श्रोताले गीतलाई मन पराइदिनु भएको थियो अझै पनि नयाँ गायक गायिकाको स्वरलाई मन पराउनु हुनेछ भन्ने मलाई लाग्दछ।’ गीतको भिडियो शिशिर भण्डारीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३१, बुधबार १९:०९दुई सातामै कृष्णभीरमा नयाँ ट्र्याक,पृथ्वी राजमार्ग सञ्चालनमा
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ३१, बुधबार १४:०७स्तन क्यान्सर सचेतनाका लागि असोज १७ मा ‘पिंकवाक २०२६’ आयोजना हुँदै, वसन्तपुरदेखि पाटनसम्म पदयात्रा
खेलकुद२०८३ भाद्र ३१, बुधबार ११:४६नेपालले आज जापानसँग भलिबल खेल्दै
खेलकुद२०८३ भाद्र ३१, बुधबार ११:२५अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती









