प्रधानमन्त्री दाहाल अबुधाबीस्थित नेपाली दूतावासमा

प्रधानमन्त्री दाहाल अबुधाबीस्थित नेपाली दूतावासमा

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप– २८ मा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबुधाबीस्थित नेपाली राजदूतावासको निरीक्षण गर्नुभएको छ ।

त्यस अवसरमा प्रधानमन्त्रीले युएईमा रहेका नेपालीको हितमा दूतावासले गरेका कामबारे जानकारी लिँदै सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीलाई युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले स्वागत गर्नुका साथै दूतावासका गतिविधिबारे जानकारी दिनुभएको थियो । कोप २८ मा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आज बिहान युएई पुगेको हो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   3   =  

Protected by Spam Master