चित्रपुरमा अपाङ्गता भएका व्यक्तिहरुका लागि ‘डे केयर सेन्टर’ सञ्चालन

भक्तपुर- सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोटस्थित अपाङ्गता भएका व्यक्तिको हेरचाह गर्नका लागि डे केयर सेन्टर सञ्चालनमा ल्याइएको छ ।
मध्यपुरथिमी नगरपालिका वडा नं १ निवासी समाजसेवी बिजय लक्ष्मी द्वारेले श्रीमान स्व. आसाकाजी द्वारेको सम्झनामा जग्गा दान दिएपछि अहिले भवन निर्माण गरि सञ्चालनमा ल्याइएको हो ।
चित्रपुर दिवा कक्षा केन्द्र नाम दिइएको उक्त डे केयर सेन्टरको नगरपालिका प्रमुख बासुदेव थापाले एक कार्यक्रमकाबीच समुद्घाटन गर्नुभयो । भवनको उद्घाटन गर्दै नगर प्रमुख थापाले जिल्ला नभए नगरभित्रका फरक क्षमता भएका व्यक्तिहरूको हेरचाहमा कुनै कमि हुन नदिने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
केन्द्र सञ्चालनमा आएपछि स्थानीय समेत खुसी भएका छन् । जग्गादाता द्धारेकी छोरी एलिसा द्वारेपनि अहिले यसै दिवा कक्षा केन्द्रमा संरक्षित हुनुहुन्छ । ३२औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजित कार्यक्रममा द्धारेले चित्रपुरमा रहेको ५ आना १ पैसा २ दाम जग्गा दान दिनुभएको हो ।
फरक क्षमताका व्यक्तिहरूलाई समाजमा अपहेलित भएर बस्न नपरोस भन्ने उदेश्यले जग्गा दान दिएको बिजयलक्ष्मी द्धारेले बताउनु भयो ।
सूर्यविनायक नगर प्रमुख बासुदेव थापा, वडा नं. ४ का वडा अध्यक्ष लक्ष्छुराम न्यापाने, नगरका प्रवक्ता तथा सामाजिक बिकास समिति संयोजक रबिन्द्र सापकोटाको उपस्थितमा उक्त जग्गा मस्तिष्क पक्षघात स्वालम्वन समुह नेपालद्धारा सञ्चालित चित्रपुर दिवा सेवा कक्षा सञ्चालन गर्न भवन हस्तान्तरणसमेत गरिएको हो ।
हाल विभिन्न जिल्लाका १५ जना फरक क्षमताका व्यक्तिहरु केन्द्रमा रहेका छन् । केन्द्र सञ्चालनका लागि नगरपालिकाले वार्षिक तीन लाख रुपैयाँ विनियोजन गर्दै आएको सूर्यविनायक नगरपालिकाले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार २१:२९गणेश पाण्डेको डकुमेन्ट्री ‘द एभरेस्ट ड्रीम’ प्रिमियर
समाचार२०८२ चैत्र २२, आईतवार १९:५९ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
समाचार२०८२ चैत्र २२, आईतवार १८:०१डिजिटल प्रणालीमार्फत स्थानीय विपद् व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाइँदै
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २२, आईतवार ११:१३गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित







