धादिङबेशी । गङ्गाजमुना माई तथा झरना क्षेत्रलाई व्यवस्थित बनाउन र दिगो रूपमा विकास गर्ने उद्देश्यले गङ्गाजमुना विकास समिति वा विकास कोष गठनको लागि गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाको संयोजकत्वमा विशेष कार्यदल गठन गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष, सात वटै वडाका वडा अध्यक्ष, कानुनी सल्लाहकार र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठ सदस्य सचिव रहने गरि ११ सदस्यीय कार्यदल गठन भएको हो ।
गङ्गाजमुना माई तथा झरना क्षेत्रको जग्गा एकिन गर्नको लागि छिट्टै नै कानुन बमोजिम नापी तथा मालपोत कार्यालय धादिङ र आवश्यकता अनुसार अन्य निकायसँग समन्वय गरेर छिट्टै कार्य सम्पादन गरिने कार्यदलको संयोजक तथा गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामाले नीलकण्ठ एफ.एम.लाई जानकारी दिनु भयो ।
उहाँले गठन गरिएको कार्यदलले कानुनी सल्लाहकार, विज्ञ र सरोकारवालासँग समन्वय एवं परामर्श गरी ऐेन तथा नियमावली बनाएर विकास समिति वा विकास कोष गठन गर्ने र यस क्षेत्रको विकासको लागि गठन हुने विकास समितिलाई हस्तान्तरण गर्ने बताउनु भयो ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- कला, विचार/मनोरञ्जन२०८१ आश्विन २०, आईतवार १८:०२रक्तरञ्जित शक्तिपीठ र बलिप्रथाको उपादेयता
- समाचार२०८१ आश्विन १५, मंगलवार २०:१६विन्ध्यवासिनी मन्दिरमा हुने नवदुर्गा शोभायात्रा स्थगित
- राजनीति२०८१ आश्विन १३, आईतवार १५:३५बृहत विद्यार्थी भेला मार्फत नेविसंघ पिएन क्याम्पसको अध्यक्षमा तिमिल्सिना
- समाचार२०८१ बैशाख १२, बुधबार १९:४१धादिङको जिल्ला आयुर्वेद औषधालय १६ शैय्याको अस्पतालमा स्तरोन्नति