Home समाचार सोती घटनामा संलग्न २४ जनालाई जन्मकैदको फैसला

सोती घटनामा संलग्न २४ जनालाई जन्मकैदको फैसला

2
0

काठमाडौं- जिल्ला अदालतले रुकुम पश्चिमको सोती घटना प्रकरणका २४ अभियुक्तहरुलाई जन्म कैदको फैसला सुनाएको छ । पुर्पक्षमा रहेका २३ जना र बाहिर रहेका एक जना गरी घटनाका  २४ जना आरोपीलाई जन्मकैदको फैसला सुनाएको हो ।

उनिहरुलाई जातीय भेदभाव तथा छुवाछुतको कसुरमा सजाय गरिएको जिल्ला अदालत रुकुमका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले नेपाल टिभी अनलाइनलाई जानकारी दिनु भयो ।

जन्मकैदको सजाय पाएका २४ जना मध्ये एक जना नावालक रहेको र उनले पाउने सुविधाका सम्वन्धमा फैसालको पूर्ण पाठमा आउने कोइरालले जानकारी दिनु भयो । यस कसुरमा आरोपित ८ जनाले भने सफाइ पाएका छन् ।

२०७७ जेठ १० गते अन्तरजातीय प्रम सम्वन्धका विषयलाई लिएर जाजरकोटका भेरी नगरपालिका-४ का नवराज विश्वकर्मा सहित सन्दीप विश्वकर्मा, टीकाराम सुनार‚ गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको सोतीका गैरदलित समुदायको भीडले घरेलु हतियारले आक्रमण गरेपछि ६ जनाको मृत्यु भएको थियो । यस घटनाका सम्वन्धमा अध्ययन गर्न गठित संसदीय समितिले घटनाको मुख्य कारण जातीय विभेदबाट सुरु ठहर गरेको थियो ।

स‌ंसदीय छानबिन समितिले घटनाका सम्बन्धमा तयार पारेको प्रतिवेदनको निश्कर्ष :

समितिले तयार पारेको प्रतिवेदनमा ‘प्रेम सम्बन्ध अन्तरजातीय भएकोले केटीका अभिभावक र आफन्तहरुले केटा कथित तल्लो जातको भएकोले अस्वीकार गरेको तसर्थ यो घटना जातीय भेदभाव तथा छुवाछुतको कारणले भएको निश्कर्ष निकालिएको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  स्याङजाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य कार्यक्रम बने सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता
लेखकसँग सम्बन्धित खबरहरु
Previous articleनेप्सेमा दोहोरो अङ्कको गिरावट
Next articleएनसेल सेयर खरिद-बिक्री शंकास्पद रहेको सत्ता गठबन्धनको निश्कर्ष

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here