भ्याटको विरोध गर्दैं व्यवसायीले रोके आलु-प्याजको बिक्री वितरण

काठमाडौं- सरकारले आलु प्याजमा भ्याट लगाएर समस्या सिर्जना गरेको भन्दैं व्यवसायीहरुले आलु र प्याजको बिक्री वितरण रोकेका छन् ।
सरकारले भ्याट खारेज नगरेसम्म आलु प्याजको विक्री वितरण नगर्ने व्यवसायीहरुले बताएका छन् । काठमाडौंको प्रमुख तरकारी थोक बजार कालीमाटीमा तीन दिन यता आलु र प्याजको बिक्री वितरण ठप्प छ ।
कालिमाटी तरकारी बजारमा मात्र होइन काठमाडौँ उपत्यकाका अन्य तरकारी बजारहरुमा पनि व्यापारीले आलु प्याज बेचेका छैनन् । तरकारी बजारका आलु प्याज बेच्ने स्टलहरु खाली अवस्थामा छन् । सरकारले वजेटमा घोषणा गरेको आयातित आलु प्याजमा भ्याट लगाउने नीति सच्याँउनु पर्ने उनिहरुको माग छ । यस अघि बजेट घोषणा लगत्तै विरोधमा उत्रिएका व्यवसायीहरुले आलु प्याजको बिक्री वितरण रोकेका थिए । त्यसपछि सरकारसँग अनौपचारिक सहमति गरी कारोवार शुरु गरेका व्यवसायीहरुले पछिल्लो समय वाणिज्य विभागले भ्याट विलका लागि ताकेता गरेपछि विरोधमा उत्रिनु परेको बताउछन् ।
बजारमा आलु प्याजको कारोबार गर्ने करिब २ सय थोक विक्रेताहरुले भारत सहितका मुलुकहरुबाट आलु प्याज आयात गर्ने गरेका छन् । यस मध्ये दैनिक रुपमा १४० टन आलु र ८० टन प्याज बजार भित्रिने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । यसरी आयातित गरिएका आलु र प्याजमा सरकारले चालु आर्थिक वर्षको बजेटमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाएको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २३, सोमबार ०७:१२सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता
समाचार२०८२ असार २३, सोमबार ०७:०६इजरायल र हमासबीच कतारमा अनौपचारिक युद्धविराम वार्ता
कला, विचार/मनोरञ्जन२०८२ असार २२, आईतवार २२:२९‘जदौ’ मा मुकुन र साम्राज्ञी पछि नीति शाह अनुबन्धित
कला, विचार/मनोरञ्जन२०८२ असार २२, आईतवार २२:०९के देखिन्छ ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टरमा ?