सुवेदीको चलचित्र ‘सतीदेवी’लाई सबैले हेर्न पाउने

काठमाडौँ । लक्ष्मण सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘सतीदेवी’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले बिहिबार साँझ फिल्म हेर्दै प्रदर्शनका लागि सेन्सर पास गरेको हो । चलचित्रलाई सेन्सर बोर्डमा हेर्नेले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सले सर्टिफिकेट दिएको छ । यो सर्टिफिकेटसँगै चलचित्र सबै वर्गका दर्शकले हेर्न पाउनेछन् ।
सामाजिक कथामा निर्माण भएको चलचित्रले देशमा जतिनै परिवर्तन आएपनि परिवर्तिन हुन नसकेको महिलाको कथालाई बिषय बनाएको छ । बाबुछोरीको कथा समेत देखाएको चलचित्रले समाजमा हुने छोराको चाहना, छोरीको महत्वलगायतको बिषय समेत देखाउने निर्देशक सुवेदीले बताए । चलचित्रले आमा छोरी र दिदिबहिनी बिचको सम्बन्धलाई देखाएको छ। २ घण्टा १५ मिनेट लामो चलचित्र हेरी सकेपछि सेन्सर बोर्डका प्रतिनिधीहरु पनी भावुक बनेका थिए। एउटा पारिवारिक र सामाजीक कथामा बनेको चलचित्रले दर्शकबाट उत्कृस्ट प्रतिक्रिया पाउनेमा सुवेदी बिश्वस्त छन्।
दीलासा र सारा सुवेदीको प्रस्तुति रहेको चलचित्रको निर्मातामा श्रीदेवी सुवेदी छिन्। मलिकाको मुख्य भूमिका रहेको चलचित्रमा हर्षिका वली र मञ्जिला बानियाँ बालकलाकारको पनि अभिनय छ। चलचित्रमा कुलदीप अधिकारी, सिर्जना अधिकारी, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, भोला सापकोटा, सुजिता सिवाकोटी, सन्देश लिम्बू, मनीषा सापकोटा, विमल श्रेष्ठ, ईश्वरी सिंहलगायतका कलाकारले अभिनय गरेका छन्।
दीपक शर्मा र सुवास भुसालको संगीत रहेको चलचित्रका गीतमा प्रताप दास, दीपा लामा, ममता गुरुङ र सविन सुवेदीको स्वर छ। बाबु श्रेष्ठले खिचेको चलचित्रको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका हुन् भने कोरियोग्राफी रामजी लामिछाने र पार्श्व संगीत सम्राट थापाको छ। गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको फिल्मको निर्माता श्रीदेवी सुवेदी हुन् । चलचित्रको गीत र निर्माण समेत सुवेदीकै हो । यो वर्षको अन्तिमसम्म चलचित्र रिलिज गर्ने योजना निर्माण युनिटको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २९, सोमबार ११:३२आमाको पर्खाइ र दशैँको भावनासहित ‘आ बाट आमा २’ को फस्टलुक
समाचार२०८३ भाद्र २९, सोमबार ०९:५८फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण
खेलकुद२०८३ भाद्र २८, आईतवार १७:२२एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २८, आईतवार ११:२५‘बाकस’मा महेश त्रिपाठी मुख्य भूमिकामा » Celebrity Nepal








