प्रधानमन्त्रीका मुख्य सल्लाहकार गजुरेलद्वारा राजीनामा

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिनुभएको छ ।
गजुरेलले २० मंसिरमा राजीनामा दिनुभएको भएपनि अहिलेसम्म स्वीकृत भने नभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
गजुरेलले पार्टीको काममा केन्द्रित हुने उद्देस्यले मुख्य सल्लाहकारको पदबाट राजीनामा दिएको कुरा उल्लेख गर्नुभएको पनि प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । नेकपा माओवादी केन्द्रका उपमहासचिव गजुरेललाई प्रधानमन्त्री प्रचण्डले गत वर्षको माघ ९ गते आफ्नो मुख्य सल्लाहकारमा नियुक्त गर्नुभएको थियो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ मंसिर ८, आईतवार ०९:५५सोमबार जनकपुरसँग विराटनगर र कर्णालीसँग सुदूरपश्चिम भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८२ मंसिर ८, आईतवार ०८:२३आधुनिक हतियारसहित एक युवक पक्राउ
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ८, आईतवार ०७:४६चलचित्र ‘स्त्री’ फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने
कला, विचार/मनोरञ्जन२०८२ मंसिर ७, शनिबार १९:३१चलचित्र ‘मन बिनको धन’ हेर्ने देशैभरिका विद्यालयलाई सहयोग र छुट दिने








