Home समाचार ज्वालामुखी गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध सरोकारवालाहरुसँग अन्तरक्रिया

ज्वालामुखी गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध सरोकारवालाहरुसँग अन्तरक्रिया

4
0

धादिङबेशी । ज्वालामुखी गाउँपालिकामा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । आईतबार गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा डा. सीता ढुंगानाले सहजीकरण गर्नुभएको थियो । गाउँपालिका उपाध्यक्ष धर्म बहादुर अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष यामनाथ दनैको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुमन पण्डित, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विद्यालयको लैङ्गिक फोकल पर्सन, जुनेली समाज संस्थाको प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleप्रधानमन्त्रीका मुख्य सल्लाहकार गजुरेलद्वारा राजीनामा
Next articleबङ्गलादेशका पाँच विपक्षी नेताको कारागारमा मृत्यु– बिएनपी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here