सत्यस्वरूपको पागलपन सार्वजनिक (भिडियो)

काठमाडौँ। गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यले आफूहरुले गाएको एक/एक गीत सार्वजनिक गरेका छन् । शनिबार राजधानीमा एक कर्यक्रमको आयोजना गर्दै भिडियो सार्वजनिक गरिएको हो।
गीत रिलिज कार्यक्रममा संगीतकार शम्भुजित बाँस्कोटा, राजन इसान, गायक शिलाबहादुर मोक्तान, सचिन रौनियार, गायिका प्राश्ना शाक्य, निर्देशक आशिफ शाह लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो ।
शनिवार आयोजित पत्रकार सम्मेलनमा गायक सत्यराज आचार्यले चलिरहेको शैली भन्दा पनि संगीतको माधुर्यतालाई बुझेर गीत तयार गरिएको बताए । उनले स्वर दिएको पागलपन बोलको गीतमा गायिका अञ्जु पन्तले स्वर दिएकी छन् ।
अर्को गीत मायामा स्वरूपराज आचार्य र अनु चौधरीले स्वर दिएका छन् । गायक आचार्यले सिधै रेकर्डिङ स्टुडियो छिरेर गीतमा स्वर दिने परम्परा बढेकोले पुराना गीत झैं मिठास हराएको बताए ।
सार्वजनिक दुई गीतमा पदम लोहारले शब्द रचनाका अलवा अभिनय पनि गरेका छन् । सार्वजनिक दुई मध्ये ‘माया’ बोलको गीतमा अभिनेत्री पूजा शर्मा र अर्को गीत ‘पागलपन’मा अभिनेत्री शिल्पा मास्केले पनि अभिनय गरेका छन् । सिनेमा गीत झैं निर्माण गरिएको भिडियोले दर्शकलाई निराश नबनाउने निर्देशक कविराज गहतराजले बताए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
खेलकुद२०८३ असार ६, शनिबार ०९:१४विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने









