स्वास्थ्य शिविरबाट तीन सयजना लाभान्वित

महेन्द्रनगर (कञ्चनपुर), १ पुस । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट तीन सय चार सेवाग्राही लाभान्वित भएका छन् । उक्त शिविर शुक्लाफाँटा–१० झलारीस्थित स्वास्थ्य चौकीमा वडा कार्यालयले आयोजना गरेको हो ।
स्वास्थ्य शिविरमा छाला, आँखा, हाडजोर्नीलगायत सम्बन्धि रोगको उपचार गरिएको थियो । स्वास्थ्य चौकीका सिनियर अहेब लोकेन्द्र ऐरीका अनुसार दुई सय १५ जनाको आँखा परीक्षण गर्दा २३ जनामा मोतियाविन्दु देखिएको छ । उनले भने,“मोतियाविन्दु देखिएकालाई निःशुल्क शल्यक्रियाका लागि धनगढी पठाइएको छ ।”
शिविरमा आँखासम्बन्धी दुई सय १४ जनाले तथा छाला, हड्डी, छाती र स्वाशप्रश्वास सम्बन्धि ८६ जनाले सेवा लिएका थिए । आँखाको जाँच गरेका ५५ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो । उपचारमा डा गणेश फुलारा, डा अनिल खड्का, डा पुजन चापागाइँलगायतको टोली खटिएको शुक्लाफाँटा–१० का वडाध्यक्ष लालबहादुर ऐरले जानकारी दिए । “जनताको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउनका लागि शिविर सञ्चालन गरिएको हो”, उनले भने,“आर्थिक अवस्था कमजोर भएका स्थानीयवासी गाउँमै स्वास्थ्य सेवा पाउँदा खुसी छन् ।” रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २९, आईतवार ०७:३८आज वनस्पति दिवसः हरित अर्थतन्त्रको विकासमा जोड
समाचार२०८२ चैत्र २९, आईतवार ०६:३७अतिक्रमित क्षेत्र खाली गराउँदै इनरुवा नगरपालिका
समाचार२०८२ चैत्र २८, शनिबार १६:१०जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २८, शनिबार १३:३३निवर्तमान मन्त्री साह पत्नी नियुक्ति प्रकरण-‘जनस्वास्थ्य प्रशासक र बोर्डका निर्देशकलाई सोध्यो स्पष्टीकरण’







