गाजामा सुविधायुक्त लामो सुरुङ फेला परेको इजरायली सेनाको दाबी

इजरायली सेनाले गाजामा हमासले युद्ध प्रयोजनमा ल्याएको ठूलो सुरुङ फेला पारेको दाबी गरेको छ । विद्युत, संचारजस्ता सुविधायुक्त सो सुरुङ करिव चार किलोमिटर लामो रहेको इजरायली सेना,आइडीएफले जनाएको छ ।
गाजा-इजरायल सीमाको करिव चार सय मिटर नजिक रहेको सुरुङ जमिनको सतहबाट ५० मिटर मुनि रहेको बताइएको छ । आइडीएफको सो दावी स्वतन्त्ररुपमा पुष्टि हुन नसकेको सीएनएनले जनाएको छ ।
हमासले इजरायलमा हमला गरेयता १८ हजार ८ सय भन्दा बढी प्यालेस्टिनीहरुको मृत्यु भएको छ । मृतकमध्ये ७० प्रतिशत महिला र केटाकेटी रहेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायलको लगातारको हमलाका कारण गाजा क्षेत्रमा खाद्यान्न र औषधीजस्ता अत्यावश्यक सामग्रीको चरम अभाव रहेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।
यता अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा गरिएको अधिक बमबारीका कारण इजरायलले समर्थन गुमाउँदै गएको टिप्पणी गर्नुभएको छ । युद्धको समयसीमा र लक्ष्य किटान गर्नपनि उहाँले इजरायललाई चेतावनी दिनुभएको सीएनएनले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ बैशाख १९, शनिबार ०७:३५दिल्लीले राजस्थानलाई हरायो, आज चेन्नई र मुम्बई भिड्दै
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख १९, शनिबार ०७:१३११ वर्षीया प्रियंकाको आठ वर्षपछि आँखाको ज्योति फर्किँदा…
समाचार२०८३ बैशाख १९, शनिबार ०६:४२सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १८, शुक्रबार २२:४३‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’को लिरिकल र्याप भर्सन सार्वजनिक








