Home समाचार सप्तरीबाट २ सय ४० किलो लागूऔषध गाँजा बरामद

सप्तरीबाट २ सय ४० किलो लागूऔषध गाँजा बरामद

12
0

सप्तरी- सप्तरीबाट सशस्त्र प्रहरीको टोलीले २४० किलो लागूऔषध गाँजा बरामद गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ८ कोशी पलारबाट विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल बरसाईन बिओपीबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो ।

नेपालबाट भारततर्फ लैजानका लागि बालुवा तथा खरघारीमा लुकाई राखेको अवस्थामा गाँजा भेटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण हेडक्वाटर सप्तरीका सूचना अधिकारी एवंम् डीएसपी मोहनराज बिष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार बरामद भएको गाँजा आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको जानकारी दिनुभयो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleनारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने
Next articleसहिद, बेपत्ता पारिएका र घाइते परिवारको स्वास्थ्य बीमा गरिँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here