Home समाचार पृथ्वी हिरण्य उ.मा.वि. को  ६४ औं वार्षिकोत्सब

पृथ्वी हिरण्य उ.मा.वि. को  ६४ औं वार्षिकोत्सब

3
0

पोखरा । बागलुङ नगरपालिका वाड नम्बर १२ मा रहेको पृथ्वी हिरण्य उच्च मा.वि.ले ६४ औं वार्षिकोत्सब एवं अभिभावक दिवस मनाएको छ ।

विविध कार्यक्रम सहित पौष ५ गतेबाट प्रारम्भ भएको वार्षिकोत्सब ९ गते समापन गरिएको प्रअ बुद्धिप्रसाद रिजालले बताउनु भयो । पुर्व शिक्षामन्त्री दिनानाथ शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, बानपा १२ का वडाध्यक्ष कोपिलामणि शर्मा, पुर्व वडाध्यक्ष गुरुदत्त पाठक र नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य चित्र सापकोटाको विशिष्ट उपस्थिति थियो । शिक्षक राजु शर्माको संचालन रहेको कार्यक्रममा शिक्षिका कमला चापागाईं, विद्यार्थी त्रय दिप्ती शर्मा, विवेक आचार्य र सुमिना चापागाईंले स्वागत मन्तव्य राख्नु भएको थियो ।

भुतपुर्व विद्यार्थी एल्मुनाई एसोसिएसनका सदस्य राजन शर्माले विद्यालयको समग्र विकासमा पुर्व विद्यार्थीहरुको साथ सदैव रहने जनाउनु भएको थियो । वार्षिकोत्सबको अवसरमा विद्यालयलाई दीर्घकालसम्म सेवा गर्नुहुने शिक्षक/शिक्षिका पदमनाथ पौडेल र राधिका कँडेल पौडेललाई सम्मान गरिएको थियो । सामाजिक, राजनैतिक र साहित्यिक व्यक्तित्व पुर्व शिक्षामन्त्री दिनानाथ शर्माद्वारा बाबू शशिधर पाध्या र जसोदा पाध्याको स्मृतिमा स्थापित उत्कृष्ट विद्यार्थी सम्मान पुरस्कारद्वारा विभिन्न विधामा उत्कृष्ट अङ्क प्राप्त गरि विद्यालयको गरिमालाई उच्च राख्ने २२ जना विद्यार्थीहरुलाई सम्मान गरिएको वि.व्य.स अध्यक्ष धुर्व बहादुर खत्रीले बताउनुभयो ।

२०५७ सालमा स्थापित उक्त पुरस्कार प्रत्येक शैक्षिकसत्रका २ जना विद्यार्थीलाई पुरस्कृत गर्ने गरिएकोमा २०७८ सालदेखि ३ जना विद्यार्थीलाई प्रदान गर्ने गरिएको थियो । पुरस्कार राशी रु.२००० रहेको छ । कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयलाई यस क्षेत्रको उत्कृष्ट शैक्षिक गन्तव्य निर्माण गर्न लाग्नु पर्नेमा जोड दिनुभयो । विद्यालय स्तरमा रहेका बालबालिकाहरुलाई पढाईका साथमा खेलकुदका क्रियाकलापमा सक्रिय बनाउनु पर्ने कुरा विशिष्ट अतिथी राजु खड्काले बताउनुभयो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष कोपिलामणि शर्मा र वि.व्य.स. अध्यक्ष ध्रुवबहादुर खत्रीले नगरपालिकाले लिएको बालमैत्री पालिका घोषणाको उद्देश्यमा सक्रियताका साथ लागिरहेको र विद्यालयको भौतिक, शैक्षिक उन्नतिका लागि कुनै कसर बाकी नराख्ने कुरा उदृत गर्नु भएको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleबागमती प्रदेशका १० अस्पताल स्तरोन्नतिसँगै शिक्षा र स्वास्थ्यमा अवसर
Next articleबाघको आक्रमणबाट युवकको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here