पृथ्वी हिरण्य उ.मा.वि. को  ६४ औं वार्षिकोत्सब

पृथ्वी हिरण्य उ.मा.वि. को  ६४ औं वार्षिकोत्सब

पोखरा । बागलुङ नगरपालिका वाड नम्बर १२ मा रहेको पृथ्वी हिरण्य उच्च मा.वि.ले ६४ औं वार्षिकोत्सब एवं अभिभावक दिवस मनाएको छ ।

विविध कार्यक्रम सहित पौष ५ गतेबाट प्रारम्भ भएको वार्षिकोत्सब ९ गते समापन गरिएको प्रअ बुद्धिप्रसाद रिजालले बताउनु भयो । पुर्व शिक्षामन्त्री दिनानाथ शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, बानपा १२ का वडाध्यक्ष कोपिलामणि शर्मा, पुर्व वडाध्यक्ष गुरुदत्त पाठक र नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य चित्र सापकोटाको विशिष्ट उपस्थिति थियो । शिक्षक राजु शर्माको संचालन रहेको कार्यक्रममा शिक्षिका कमला चापागाईं, विद्यार्थी त्रय दिप्ती शर्मा, विवेक आचार्य र सुमिना चापागाईंले स्वागत मन्तव्य राख्नु भएको थियो ।

भुतपुर्व विद्यार्थी एल्मुनाई एसोसिएसनका सदस्य राजन शर्माले विद्यालयको समग्र विकासमा पुर्व विद्यार्थीहरुको साथ सदैव रहने जनाउनु भएको थियो । वार्षिकोत्सबको अवसरमा विद्यालयलाई दीर्घकालसम्म सेवा गर्नुहुने शिक्षक/शिक्षिका पदमनाथ पौडेल र राधिका कँडेल पौडेललाई सम्मान गरिएको थियो । सामाजिक, राजनैतिक र साहित्यिक व्यक्तित्व पुर्व शिक्षामन्त्री दिनानाथ शर्माद्वारा बाबू शशिधर पाध्या र जसोदा पाध्याको स्मृतिमा स्थापित उत्कृष्ट विद्यार्थी सम्मान पुरस्कारद्वारा विभिन्न विधामा उत्कृष्ट अङ्क प्राप्त गरि विद्यालयको गरिमालाई उच्च राख्ने २२ जना विद्यार्थीहरुलाई सम्मान गरिएको वि.व्य.स अध्यक्ष धुर्व बहादुर खत्रीले बताउनुभयो ।

२०५७ सालमा स्थापित उक्त पुरस्कार प्रत्येक शैक्षिकसत्रका २ जना विद्यार्थीलाई पुरस्कृत गर्ने गरिएकोमा २०७८ सालदेखि ३ जना विद्यार्थीलाई प्रदान गर्ने गरिएको थियो । पुरस्कार राशी रु.२००० रहेको छ । कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयलाई यस क्षेत्रको उत्कृष्ट शैक्षिक गन्तव्य निर्माण गर्न लाग्नु पर्नेमा जोड दिनुभयो । विद्यालय स्तरमा रहेका बालबालिकाहरुलाई पढाईका साथमा खेलकुदका क्रियाकलापमा सक्रिय बनाउनु पर्ने कुरा विशिष्ट अतिथी राजु खड्काले बताउनुभयो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष कोपिलामणि शर्मा र वि.व्य.स. अध्यक्ष ध्रुवबहादुर खत्रीले नगरपालिकाले लिएको बालमैत्री पालिका घोषणाको उद्देश्यमा सक्रियताका साथ लागिरहेको र विद्यालयको भौतिक, शैक्षिक उन्नतिका लागि कुनै कसर बाकी नराख्ने कुरा उदृत गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस् :  भोटेकोशी नदीमा आएको बाढीले निम्त्याएको विपद्का विषयमा बिभिन्न माध्यमवाट सम्प्रेषित सामग्रीको अनुगमन (२०८३ भदौ १७ गते)

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   8   =