ह्याम्स अस्पतालमा सर्वोत्कृष्ट मुटुरोग विशेषज्ञको सहभागितामा २४ सै घण्टा मुटु सम्बन्धी उपचार सेवा

काठमाडौं, पुस ९ । ह्याम्स अस्पतालले डा. भगवान कोइरालासहित सर्वोत्कृष्ट मुटुरोग विशेषज्ञको सहभागितामा २४ सै घण्टा मुटु सम्बन्धी उपचार सेवा सञ्चालन गरेको छ ।
अत्याधुनिक प्रविधि सहित २४ सै घण्टा क्याथल्याब सञ्चालन गरिरहेको ह्याम्स अस्पतालले डा. कोइरालासहित मुटुको शल्यक्रियामा ड. रोशन राउत, डा. ज्योतिन्द्र शर्मा र डा. रवि बरालको टिम रहेको ह्याम्सले जनाएको छ । राउतले कार्डियो विभागको नेतृत्व गरेका छन् ।
कार्डियोलोजीमा डा. रोशन राउत, डा. दिवाकर शर्मा, डा. मानबहादुर केसी, डा. यादव भट्ट, डा. मुकुन्द शर्मा, डा. लक्ष्मण ज्ञवाली, डा. अमृत बोगटी, डा. रिजु मानन्धर, डा. पारस कोइराला रहेको अस्पतालले जनाएको छ ।
एक हजार नवजात शिशुमध्ये ८ जनामा जन्मजात मुटु रोगको समस्या हुने अनुसन्धानले देखाएको छ । विकसित देशमा गर्भमै शिशुको मुटुको अवस्था जाँच गर्ने प्रविधि प्रचलित भए पनि नेपालमा भने हाल यो सेवा अहिले ह्याम्स अस्पतालमा सर्वसुलभ रूपमा उपलब्ध भएको ह्याम्सले जनाएको छ ।
बिरामीको शल्यक्रिया सुरू हुनुभन्दा अगाडि एनेस्थेसिया दिनुपर्ने हुन्छ, जुन मुटुरोग बिरामीका लागि संवेदनशील पनि हुन्छ । यो सेवा ह्याम्समा दशकौँ देखि यसै विधामा अनुभव भएका डा मुरारीराज उप्रेती नेतृत्वको टोलीले दिँदै आएका छन् ।
ह्याम्सको क्याथल्याब २४ घण्टा सञ्चाल्न हुने अस्पतालका अध्यक्ष आरएस भण्डारीले जानकारी दिए । मुटुको समस्या र कारण पत्ता लगाउने र त्यसको निदानका लागि उपचार गरिने प्रविधिसहितको विशेष कक्षलाई क्याथल्याब भनिन्छ ।
मुटुरोगका बिरामीको अरू स्वास्थ्य समस्या समेत हुन सक्ने भएकाले ह्याम्सले अन्य विधाका पनि विशेषज्ञ चिकित्सकको टिम स्टाण्डबाइ राखेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १९, शनिबार २२:२३राजनीतिक नियुक्ति पाएका कुल १,५९४ जना पदाधिकारीहरू एकमुष्ट रूपमा पदमुक्त हुने
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १९, शनिबार २०:१०चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा
खेलकुद२०८३ बैशाख १९, शनिबार ०७:३५दिल्लीले राजस्थानलाई हरायो, आज चेन्नई र मुम्बई भिड्दै
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख १९, शनिबार ०७:१३११ वर्षीया प्रियंकाको आठ वर्षपछि आँखाको ज्योति फर्किँदा…








