नेपाल सुपर लिगको उपाधिका लागि आज धनगढी एफसी र ललितपुर सिटी भिड्दै

काठमाडौं- नेपालको पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिगको दोस्रो शृङ्खलाको उपाधिका लागि आज साविक उपविजेता धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दैछन् । फाइनल प्रतिस्पर्धा साँझ साँढे ५ बजे दशरथ रंगशालामा शुरु हुने छ ।
पहिलो क्वालिफायरमा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै धनगढीले फाइनल यात्रा तय गरेको हो । यसैगरी इलिमिनेटरमा साविक विजेता काठमाडौं रेजर्सलाई हराउदै ललितपुर सिटीले उपाधि यात्रा तय गरेको हो ।
यसअघि पनि फाइनलमा पुगेको धनगढी यो पटक भने उपाधि जित्ने लक्ष्यमा छ । धनगढीका प्रशिक्षक युगल किशोर राईले आफ्नो टोली शारिरिक र मानिसक दुबै रुपमा तयार रहको तथा दुबै टोली उत्तिकै बलिया भएकाले प्रतिस्पर्धात्मक खेल हुने प्रतिक्रिया दिनुभएको छ ।
गत सिजन केही गल्तीका कारण उपाधि उचाल्नबाट चुकेको बताउँदै गल्तीहरुबाट सिक्दै अगाडि बढ्ने बताउनु । यस्तै धनगढीका कप्तान देवेन्द्र तामागले यसपटक टोलीको लय उत्कृष्ट देखिएकाले जितका लागि मैदान उत्रिने प्रतिक्रिया दिएका छन् ।
फाइनल प्रतिस्पर्धाको अघिल्लो दिन हिजो आयोजकले ट्रफ्री सार्वजनिक गरेको थियो । लिगको उपाधि विजेताले ७० लाख नगत पुरस्कार प्राप्त गर्नेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २२, आईतवार १०:४६पोखरामा ‘संस्कृत भजन वाटिका’
समाचार२०८२ चैत्र २२, आईतवार ०९:१८पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार ०८:५५७ वर्षपछि सुशील पोखरेलको दमदार कमब्याक : ‘परालको आगो’ प्रति बढ्दो अपेक्षा
खेलकुद२०८२ चैत्र २२, आईतवार ०८:१५गुजरातलाई हराउँदै शीर्ष स्थानमा राजस्थान « रिपोर्टर्स नेपाल








