लेबाङमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन
ढोरपाटन (बागलुङ), २३ पुस । निसीखोला गाउँपालिका–१ लेबाङमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएको छ । अहिलेसम्म लेबाङवासी तीन घण्टाको यात्रा गरेपछि मात्रै स्वास्थ्य संस्था पुग्ने गर्दथे ।
गाउँमै सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएपछि सामान्य घाउ, चोटपटक र बिरामी परेपछि उपचारका लागि घण्टौँ लगाएर अस्पताल पुग्न नपर्ने स्थानीय डिलबहादुर पुनले बताए । गाउँमा कोही बिरामी भए तीन घण्टा लगाएर देवीस्थान स्वास्थ्यचौकीमा ल्याएर उपचार गराउने गरेको जनाउँदै अब त्यो समस्या समाधान भएको उनको भनाइ छ ।
“नजिकमा अस्पताल थिएन, गाउँमा कोही बिरामी प¥यो भने बोकेर देवीस्थान पुग्नुपथ्र्यो, कहिले बूढाबूढी बिरामी हुन्छन्, कहिले केटाकेटी बिरामी हुन्छन्, उनीहरुलाई देवीस्थान र बुर्तिबाङ पु¥याउनुको विकल्प थिएन”, उनले भने, “यहाँ ठूलो रोगको उपचार त हुँदैन भन्छन्, तर साना तिना रोग लागे, घाउ चोट लागे नजिकै उपचार गर्न पाइने भयो, ज्वरो आयो, टाउको दुख्यो भने औषधि पनि गाउँ घरमै पाइने सुविधा आयो ।”
लेबाङमा करिब छ सय घरधुरीका छन् । गाउँमा बिरामी परे दिनभरि लगाएर बजार झर्नुपर्ने अवस्था थियो । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले हाल एक जना अहेव र एक जना कार्यालय सहयोगीको व्यवस्था गरी सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको जानकारी दिए । उनले थप स्वास्थ्यकर्मीसहित जनशक्ति विस्तारै बढाउँदै जाने बताए । एकाइ सञ्चालनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु दश लाख विनियोजन गरेको अध्यक्ष घर्ती मगरले बताए ।
उनले भने, “निसीखोलामा अहिलेसम्म दूरदराजका नागरिकले सहजरुपमा सामान्य प्रकारका स्वास्थ्य सेवा पाउन गरेका छैनन्, भौगोलिक विकटता र छरिएको बस्ती हुँदा सबै ठाउँमा एकै पटक सेवा प्रवाह गर्न समस्या हुँदो रैछ, यद्यपि हामीहरु निर्वाचित भएर आएपछि धेरै ठाउँमा स्वास्थ्य सेवा पु¥याएका छौँ, निसेलढोर पनि केही समय अगाडि पु¥यायौँ, अब धेरै ठाउँ छैन, हरेक नागरिकले कम्तीमा आधा घण्टाको दूरीमा सामान्य स्वास्थ्य सेवा पाउने गरि व्यवस्था मिलाएका छौँ ।” रासस
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
- समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
- समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
- समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास