भिमाद दुर्घटना : घाइते एकजनाको मृत्यु

तनहुँ- तनहुँको भिमाद नगरपालिका–५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
पोखराबाट पाल्पाको रामपुर जॉदै गरेको यात्रुवाहक जिप आज दुर्घटना हुँदा घाइते एकको मृत्यु भएको हो । घाइतेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो । मृतकको पहिचान खुल्न बाँकी छ ।
ग१ज ६३५६ नंको जिप घुम्ती सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । जिपमा सवार चालकसहित १२ जनाको उद्धार गरेर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएको हो । थप उपचारका लागि तीनजनालाई पोखरा पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन १, बुधबार २०:२६आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही गर्नुपर्छः अध्यक्ष ढकाल
समाचार२०८२ आश्विन १, बुधबार १९:५२दक्षिण सुडानमा भ्रष्टाचार संस्थागत भएको प्रति राष्ट्रसंघको चिन्ता
समाचार२०८२ आश्विन १, बुधबार १३:०६पृथ्वीराजमार्ग अन्तरगत थाक्रेमा बस र टिपर ठोक्किँदा पाँच जना घाइते
समाचार२०८२ आश्विन १, बुधबार १२:४३आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै