घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नपाउने गरि संघले गर्यो लामिछानेलाई निलम्बन

काठमाडाै- बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली क्रिकेट टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ( क्यान)ले निलम्बन गरेको छ ।
क्यानले जारी गरेको विज्ञप्तिमा घरेलु र अन्तर्राष्ट्रिय दुबै क्रिकेट खेल्न नपाउने गरि निलम्बन गरिएको जानकारी दिएकाे हाे ।
काठमाडौँ जिल्ला अदालतको आदेश बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा पूर्व कप्तान सन्दिप लामिछानेलाई जबरजस्ती करणी मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
दुई साता अघि सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलात्कार गरेको आरोप दोषी ठहर गरेको थियो । बुधबार सन्दीपलाई काठमाडौ जिल्ला अदालतले ८ वर्ष जेल तथा ५ लाख रुपैयाँ जरिवाना तोकिएको थियो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १२, शनिबार ०७:४३नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ११, शुक्रबार २३:२१‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज, रेखा थापाको निर्देशनमा कमब्याक
समाचार२०८३ बैशाख ११, शुक्रबार १९:२५अवकाशको उमेरहद् बढाइयो,सेवा प्रवेशको घटाइयो
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख ११, शुक्रबार ११:३८काउन्सिलले गर्याे १७ जना चिकित्सकको दर्ता खारेज








