घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नपाउने गरि संघले गर्यो लामिछानेलाई निलम्बन

काठमाडाै- बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली क्रिकेट टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ( क्यान)ले निलम्बन गरेको छ ।
क्यानले जारी गरेको विज्ञप्तिमा घरेलु र अन्तर्राष्ट्रिय दुबै क्रिकेट खेल्न नपाउने गरि निलम्बन गरिएको जानकारी दिएकाे हाे ।
काठमाडौँ जिल्ला अदालतको आदेश बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा पूर्व कप्तान सन्दिप लामिछानेलाई जबरजस्ती करणी मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
दुई साता अघि सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलात्कार गरेको आरोप दोषी ठहर गरेको थियो । बुधबार सन्दीपलाई काठमाडौ जिल्ला अदालतले ८ वर्ष जेल तथा ५ लाख रुपैयाँ जरिवाना तोकिएको थियो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक १३, बुधबार १६:१४रुपन्देहीमा कार दुर्घटना, ३ जनाको मृत्यु, ४ जना घाइते
खेलकुद२०८२ कार्तिक १३, बुधबार १२:३९सिरहामा प्रथम धनगढीमाई टि-२० क्रिकेट प्रतियोगिता सुरु
समाचार२०८२ कार्तिक १३, बुधबार ०८:३२काम भइरहेको छ, गरिरहेका छौँ भन्नेभन्दा पनि तथ्यमा आधारित भएर सुरक्षा प्रवन्ध गर्नुपर्यो : गृहमन्त्री अर्याल
समाचार२०८२ कार्तिक १३, बुधबार ०७:१३दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा







