नोबेल मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं, २७ पुस । भोजपुरको दुईवटा गाँउ पालिकामा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पुस २३ गते भोजपुर जिल्लाको हतुवागडी गाउँपलिका– २, घोडेटार बजारस्थीत सगरमाथा माध्यामिक विद्यालयमा र २४ गते आमचोक गाउँ पालिका– ४ स्थित चण्डेश्वर माध्यामिक विद्यालय, बलङखामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
स्वास्थ्य शिविरमा दुई हजार चार सय १८ जना विरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण र उपचार भएको छ । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको मेडिसिन, प्रसुति तथा स्त्री रोग, सर्जरी, हाडजोर्नी, नाक, कान, घाँटी, दन्त रोग, बाल रोग, आँखा रोग लगायतका विभागका विशेषज्ञ चिकित्सक सहितको बृहत स्वास्थ्य शिविरमा दूई सय ७५ जना विरामीको अल्ट्रासाउण्ड (भिडियोएक्सरे), एक सय २६ जनाको ईसीजी, तीन सय ६१ जनाको प्रयोगशाला परीक्षण गरिएको थियो ।
निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रमहरुमा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्रवन्ध निर्देशक इन्दिरा शर्मा बराल, नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका संस्थापक एवं प्रतिनिधी सभा सदस्य माननीय डा.सुनिल कुमार शर्मा, नेपाली काँग्रेस भोजपुर जिल्ला सभापति तथा प्रदेश सभा सदस्य माननीय विनोद बान्तावा, प्रदेश सभा सदस्य मान बहादुर लिम्बु, भोजपुर नगरपालिका प्रमुख कैलाश कुमार आले, काँग्रेस क्षेत्रीय सभापति मदन खुलाल, जिल्ला समन्वय समितिका कोमल तुलुङ्ग राई, आमचोक गाँउपालिका अध्यक्ष अशोक राईलगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
भोजपुरको विकट स्थानहरुका बासिन्दाहरुमा विशेषज्ञ स्वास्थ्य उपचार सेवा पु्र्याउने उद्देश्यले माननीय विनोद वान्तावाको विशेष समन्वय र माननीय डा.सुनिल कुमार शर्माको सकृयतामा नोबेलको विशेषज्ञ चिकित्सक स्वास्थ्य टोलीबाट २ दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।
कार्यक्रमका दौरान माननीय डा. शर्माले उक्त शिविरमा स्वास्थ्य परीक्षण गर्न आएका अतिविपन्न विरामीहरु एक सय ३८ लाई थप उपचारको लागि नोवेल मेडिकल कलेज आँउदा अस्पताल सेवा निःशुल्क गरिने उद्घोष गरे । नोवेलले विभिन्न संघ सस्थाहरुको समन्वयमा पूर्वी नेपालका विभिन्न स्थानहरुमा नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविरहरुको आयोजना गर्दै आएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार ९, मंगलवार ०७:०६मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा
समाचार२०८३ असार ९, मंगलवार ०६:५९सिद्धलेकले ल्यायो ६० करोड ५० लाखको बजेट
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ८, सोमबार १२:५७नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा
खेलकुद२०८३ असार ८, सोमबार १०:२०न्युजिल्याण्डमाथि इजिप्टको शानदार जित « रिपोर्टर्स नेपाल








