बस दुर्घटना अपडेटः राप्ती नदीमा बस खस्दा मृत्यु भएका आठ जनाको सनाखत

दाङ- पुर्व पश्चिमी राजमार्गअन्तर्गत दाङको राप्ती नदीमा बस खस्दा मृत्यु भएका १२ मध्ये आठ जनाको सनाखत भएको छ ।
मृत्यु हुनेहरुमा बाँके नेपालगंञ्जका ६० बर्षिय कुसुम बस्नेत, मकवानपुर हेडौडाका सौरब बिष्ट, काठमाडौ चन्द्रगिरी १५ का ताराकान्त पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्ले जानकारी दिनुभयो ।
यस्तै जुम्ला श्रीढुस्का-९ निवासी मनुबहादुर रावत, बाँकेका रामवरण हरिजन, रुकुम गोतामकोट-९ का दिपक कामी भारत बिहारका योगेन्द्र राम र भारत उत्तर प्रदेशका अतिकुल्ला खैरेको सनाखत भएको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिनुभयो ।
मृतकमध्ये अब चार जनाको सनाखत हुन बाँकी छ । गएराति दाङ राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी अन्य २३ जना घाइते भएका छन ।
बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस गए राति पुलबाट तल राप्ती नदीमा खसेको थियो । दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको हो । दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज लगिएको छ ।
बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ । बसमा ३६ जना यात्रु रहेको उपरीक्षक मल्लको भनाइ छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:२८‘रातो घेरा’ मा दयाहाङ र मिरुना
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल








