पत्रकार महासंघ एनटिभीका अध्यक्ष हमाल सम्मानित

काठमाडौँ- नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष दीपकजंग हमाल सम्मानित हुनुभएको छ ।
स्वास्थ्य दर्पण मिडिया नेटवर्कले अध्यक्ष हमालसहित पाँच जना पत्रकारलाई चितवनमा सम्मान गरेको हो ।
चितवनको भरतपुरमा आयोजित सम्मान कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पूर्व महामन्त्री डा शंशाङक कोइरालाले उहाँहरुलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
पत्रकारिता क्षेत्रमा योगदान पुर्याएकोमा योगदानको कदर गर्दै सञ्चारकर्मीहरुलाई सम्मान गरिएको स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिका अध्यक्ष एवं प्रवन्ध निर्देशक सन्दिप श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसबखत नेपाली काँग्रेसका नेता डा. कोइरालाले नेपालको पत्रकारिता थप जिम्मेवार हुनुपर्ने बताउनु भएको थियो ।
स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट चिकित्सक र पत्रकारसहित २५ जनालाई सम्मान गरिएको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २९, बुधबार ०६:१७उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार २१:१५चलचित्र विकास बोर्डद्वारा एकहप्ते घोडचढी तालिम सञ्चालन
समाचार२०८२ माघ २८, मंगलवार २०:२०फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार १६:२१गण्डकीमा २१ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने








