नोवेलमा इलेक्ट्रोफिजियोलोजी स्टडी र रेडियोफ्रिक्वेन्सी एब्लेसनबाट मुटुको धड्कन बढ्ने विरामीको दीर्घकालीन उपचार सुरु

काठमाडौं, ९ माघ । विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले इलेक्ट्रोफिजियोलोजी स्टडी र रेडियोफ्रिक्वेन्सी एब्लेसन प्रणालीबाट मुटुको धड्कन बढ्ने विरामीहरुका लागि दीर्घकालीन उपचारको सुरु गरेको छ ।
उक्त सेवा सुरु भएपछि नोवेल मेडिकल कलेजको मुटु रोग विभागमा मुटु समस्या भएका विरामीहरुको चाप बढ्न थालेको छ ।
नोबेलले उक्त सेवा सुरु गरेपछि मुटुको धडकन बढ्ने समस्याको लागि लामो समय औषधी खानु पर्ने र औषधी सेवन गर्दै गएपनि समयान्तरमा औषधी प्रभावकारी नहुने समस्याबाट विरामीले छुटकारा पाउन थालेका छन् ।
इलेक्ट्रोफिजियोलोजी स्टडी अर्थात ईपी ल्यावले मुटुको परीक्षण गरेर समस्याको अध्ययन गर्न सहज हुने र विरामीको अवस्थाको सही जानकारी पाइने हुन्छ । नोवेलमा टुडी म्यापिङ्ग उपलव्ध छ जसको आधारमा मुटुको विद्युतीय तरङ्गको प्रवाहको आधारमा कार्य प्रणालीको अध्ययन गर्न सकिन्छ ।
रोग पत्ता लागेपछि रेडियोफ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट मुटुको चालको विद्युतिय प्रवाहको चोर बाटो डाम्ने गरिन्छ । मुटुको यस्तो उपचार पद्धति काठमाडौँ बाहिर नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा मात्र छ । यो अति नै भरपर्दो प्रविधि मानिन्छ । यस प्रविधिबाट उपचार गराउँदा विरामीलाई बेहोस पार्न नपर्ने र एक दिनमात्र अस्पताल बसे पुग्ने हुन्छ । उक्त प्रविधिबाट उपचार गराएपछि एक महिनामात्रै औषधि सेवन गरे पुग्छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कला, विचार/मनोरञ्जन२०८२ पुष १२, शनिबार १५:५७‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष १२, शनिबार १५:१५बाल शल्य चिकित्सक संघको अध्यक्षमा थापा चयन, यस्तो बन्यो समिति…







