Home समाचार सामाजिक सञ्जाल सञ्चालन निर्देशिका: अनलाइनबाटै उजुरी

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका: अनलाइनबाटै उजुरी

5
0

काठमाडौँ- सामाजिक संजालमा हुने अपराधका बारेमा पिडितहरुले अब अनलाइनबाटै उजुरी दर्ता गर्न सक्ने भएका छन् ।

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका , २०८० अन्तर्गत सरकारले अनलाइनबाटै सामाजिक सञ्जालमा हुने दुर्व्यवहार विरुद्ध गुनासो दर्ता गर्ने प्रक्रिया अघि बढाएको हो ।

प्रयोगकर्ताको गुनासो सुनुवाई सहज बनाउन मन्त्रालयले निर्देशिकाको आधारमा सामाजिक सञ्जाल व्यवस्थापन इकाई स्थापना गरेर अनलाइन गुनासो लिन सुरु गरिएको मन्त्रालयका सामाजिक संजाल व्यवस्थापन इकाईका प्रमुख रमेश पाण्डेले जानकारी दिनुभयो ।

।इकाईमा मन्त्रालयका कानुन अधिकृत, आइटी इन्जिनियर, दुरसञ्चार प्राधिकरण अधिकृत लगायत ५ जना सदस्यहरु रहेका छन् । इकाईले कुन र कस्ता प्रकृतिका उजुरी हो भनेर हरेपछि मात्रै कारवाहीको प्रक्रिया अघि बढाँउछ ।

त्यस्ता उजुरी साँच्चिकै हुन वा दुख दिने मनसायले गरिएको हो भन्ने बारेमा इकाइले प्रारम्भिक छानविन गर्ने प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleहाँस्य बिधाको नेपालकै पहिलो रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन ३’ फागुन ३ गतेबाट
Next articleआगामी शैक्षिक सत्रदेखि सातै प्रदेशका अस्पतालमा चिकित्सा शिक्षा अध्यापन हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here