नवलपुर गण्डकी प्रदेश सरकारले आगामी पाँच बर्ष भित्र प्रदेशलाई थप समुन्नत र बिकासशील प्रदेशका रुपमा अगाडि बढाउने उद्देश्य निर्धारण गर्दै दोश्रो पंचबर्षीय योजना तर्जुमाका प्रक्रिया अघि बढाएको छ ।

योजना तर्जुमाका लागि प्रदेश योजना आयोगले पूर्वी नवलपरासीको हर्कपुरमा योजना तथा नीति निर्माणका लागि सुझाब संकलन तथा छलफल कार्यक्रमको आयोजना गर्‍यो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन पूर्वाधार बिकास,सेवा सुबिधाको बिस्तार पर्यटकीय गतिबिधि,र लगानी आर्कषण गरि गण्डकी प्रदेशलाई पर्यटकीय गन्तब्यका रुपमा बिकास गरिने प्रदेश सरकारको पहिलो लक्ष्य रहेकोमा जोड दिनुभयो ।

निर्बाहामूखी परम्परागत खेती प्रणलीलाई यान्त्रीकरण र ब्यबसायीकरण गर्दै तुलनतात्मक लाभका उच्च प्रतिफलयुक्त कृषि उपजको प्रर्बद्धन र ब्यबसायिक कृषिमा आर्कषण सिर्जना गर्नु योजनको मुख्य लक्ष्य हुने मुख्यमन्त्री पाण्डेको भनाई थियो ।

प्रदेशका कृषि तथा भूमि ब्यबस्था मन्त्री महेन्द्रधवज जीसीले उत्पादन ,ब्यापार र निर्माण क्षेत्रको सबलीकरण गरि अर्थतन्त्रलाई गतिशिल बनाएर अघि बढने संकल्प प्रदशेले राखेको बताउँदै सबै तहको सरकार र शासकीय साझेदारको अन्तरसम्बन्धलाई सबलीकरण र सुदृढिकरण गरेर अघि नबढदा् सम्म प्रदेशको बिकास सम्भब नभएको र यसलाई अबिलम्ब अघि बढाउनु पर्नैमा जोड दिनुभयो ।

यसै गरी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले अर्थतन्त्रको सुदृढिकरणका लागि तीनै तहको सरकारले आआफनो दायरा स्पष्ट पार्नुुपर्नै र त्यसका आधारमा मात्र नीति र कार्यक्रम आउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा योजना आयोगका उपाध्यक्ष कृष्ण चन्द्र देबकोटाले गण्डकी प्रदेश सरकारले समावेशी सन्तुलित र दिगो आर्थिक सामाजिक गन्तब्य पहिचान गरि पाँच बर्षमा गण्डकी सरकारले लागू गर्ने दीर्घकालिन योजनाहरुको सुदृढिकरण गर्दै प्रदेशको बिकास गर्ने नीति लिएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *