इजरायली प्रधानमन्त्रीद्वारा गाजामा सञ्चालित राष्ट्र संघीय मिसन बन्द गर्न माग

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनको गाजा क्षेत्रमा सञ्चालित संयुक्त राष्ट्र संघीय मिसन, UNRAW बन्द गर्न माग गर्नुभएको छ ।
मिसनमा कार्यरत केही कर्मचारी अक्टोबर ७ मा इजरायलमा भएको हमलामा संलग्न रहेकोले यसको विश्वसनीयता नभएको उहाँको आरोप छ । सहायता निकायका अधिकारीहरु नै अपराधमा संलग्न रहेकोले मिसन सञ्चालन गर्नुको औचित्य नरहेको उहाँको तर्क छ ।
UNRAW का कर्मचारीहरुको निष्पक्षताको प्रश्न उठिरहेका बेला पहिलो पल्ट क्यामेरामा बोल्दै प्रधानमन्त्री नेतान्याहुले मिसन बन्द गर्न माग गर्नुभएको हो । इजरायलले UNRAW मा कार्यरत १३ कर्मचारी इजरायल विरुद्धको हमलामा संलग्न रहेको आरोप लगाएको छ ।
यता अमेरिकाले पनि गाजा क्षेत्रमा सहायता जारी राख्न मिसनको शुद्धीकरण आवश्यक भएको बताएको छ । दाताहरुलाई विश्वासमा लिएर काम गर्न मिसनलाई शुद्ध बनाउनु पर्ने अमेरिकी अधिकारीहरुको भनाइ छ ।
गाजा क्षेत्रमा अझै इजरायली हमला जारी रहेको र अस्पताल लगायत संवेदनशील क्षेत्रमा मानवीय अवस्था दयनीय रहेको सहायता संस्थाहरुले बताएका छन् ।
यसैबीच, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले गाजा क्षेत्रमा मानवीय सहायता प्रदान गर्न UNRAW को भूमिका महत्वपूर्ण रहेकोले यसलाई सघाउन सबै दाताहरुलाई आग्रह गर्नुभएको छ ।
मिसनका केही कर्मचारी इजरायल विरुद्धको हमलामा संलग्न रहेको भन्दै अमेरिका लगायत दातृ राष्ट्रहरुले सहायता रोकेपछि महासचिव गुटरेसले सहयोग निरन्तरताको लागि अपील गर्नुभएको हो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’
समाचार२०८२ भाद्र २७, शुक्रबार १२:०३निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन महासंघको माग
समाचार२०८२ भाद्र २६, बिहीबार २१:३१धादिङमा चार ठूला दलको संयुक्त विज्ञप्ति : संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत निकास