पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो । आज बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु चार, डिजेल–मट्टितेलमा रु दुई र एलपी ग्यासमा रु १५ बढाइएको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । अब काठमाडौँमा प्रतिलिटर पेट्रोलको मूल्य रु १७०, डिजेल, मट्टितेलको मूल्य रु १५८ र खाना पकाउने एलपी ग्यासको मूल्य रु एक हजार ९१० कायम भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २, मंगलवार १०:२४रामप्रसाद खनालको नयाँ शिवभजन सार्वजनिक
खेलकुद२०८३ असार २, मंगलवार ०८:४३उरुग्वे र साउदी अरबबीचको खेल बराबरी « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार १, सोमबार १४:५१२४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
कला, विचार/मनोरञ्जन२०८३ असार १, सोमबार १२:५४निर्देशक राजबहादुर सानेको ‘गंगा रानी’मा नयाँ हिरोको इन्ट्री









