‘धरान रन’ मा ‘खजुरे ब्रो’को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति घोषणा

काठमाडौं । चलचित्र ‘खजुरे ब्रो’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले शनिबार फस्टलुक पोस्टर सार्वजनिक सँगै प्रदर्शन मिति घोषणा गरेको छ । पूर्वी नेपालमा ‘एथलेटिक्स’ को महाकुम्भ मानिने ‘धरान रन’ को १२औं संस्करणको अवसरमा धरानबासी थुप्रै दर्शकलाई साक्षी राख्दै पोस्टर सार्वजनिक गरिएको हो। ‘धरान रन’ मा बोल्दै धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ्गले आफुले पनि अभिनय गरेको र धरानमा नै छायाँकन गरिएको चलचित्रले दर्शक मन जित्ने बताए। सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख ४ जना पात्रलाई चलचित्रकै गेटअपमा प्रस्तुत गरिएको छ। पोस्टरको डिजाइन रोयल भिमसेनले गरेका हुन्।

आगामी वैशाख २८ गते प्रदर्शन हुने यो चलचित्रको मुख्य भूमिकामा रेअर राई, महेश त्रिपाठी, नीति शाह,नवीन मानन्धर रहेका छन् । धरान पुगेर पोस्टर र प्रदर्शन मिति सार्वजनिक गर्दा धरानका दर्शकलाई सम्मान पुगेको कलाकार तथा निर्माता नवीन मानन्धरले बताए। अभिनेत्री नीतिले आफ्नो डेब्यु चलचित्रको सुटिंग सकेर प्रदर्शन मिति समेत सार्वजनिक हुँदा निकै खुसी लागेको बताईन्। धरान संग आफ्नो साइनो जोडिएको र खजुरेको कथाले आफुलाई छोएकोले चलचित्र ‘खजुरे ब्रो’ आफ्नो लागी बिसेष रहेको लेखक तथा निर्देशक सुरज सुनुवारले बताए।
चलचित्रको टिमले मेयर हर्क साम्पाङ्गको श्रमदान अभियानमा सहयोग गरेको छ। हर्कले श्रमदानमा निर्माण गरिरहेको श्रम संस्कृती पार्कमा पुगेर औजारहरु हस्तान्तरण गरेको छ। उक्त अभियानमा चलचित्रका निर्माता/लेखक तथा निर्देशक सुरज सुनुवार,कलाकार तथा निर्माता नवीन मानन्धर,कलाकार रेयर राई,पुस्कर कार्की तथा धरानका स्थानीय कलाकारहरुको सहभागिता रहेको थियो।

‘खजुरे ब्रो’ पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित रहेको छ । यो फिल्ममा सुरज सुनुवारको लेखन तथा निर्देशन रहेको छ ।
चलचित्रमा प्रकाश भुजेल, विनीता थापा मगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको पनि अभिनय रहेको छ ।

‘खजुरे ब्रो’ नीति शाहको डेब्यु फिल्म हो । यस्तै, फिल्ममा दार्जलिङ्गका कलाकार शान्तिला तामाङ रहेको छ । साथै, यस फिल्ममा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले समेत विशेष भूमिकामा अभिनय गरेका छन् । दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘खजुरे ब्रो’ को निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गरेका हुन् । शिशिर बिसंखेले छायांकन गरेको फिल्ममा अनमोल गुरुङको संगीत रहेको छ । फिल्मको सह-निर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन् । दिव्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको फिल्ममा इन एसोसिएसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिको रहेको छ । चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:१३‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:०१‘ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०७:४४ईन्फा अवार्ड-२०२६ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
समाचार२०८३ असार २८, आईतवार १९:०९धादिङबेसीमा सामुदायिक वनको संक्षिप्त कार्ययोजना सम्बन्धी छलफल









