लिग-२ को अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालको लज्जास्पद हार

काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले ८ विकेटको लज्जास्पद हार ब्यहोरेको छ ।
नेपालले दिएको १७३ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले ३७ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
नेदरल्यान्ड्सका विक्रमजित सिंहले ५८ र साइब्रान्द इंगलबेच्ट ४७ रन हिर्काए ।
पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सले शानदार सुरुवात गरेको थियो । नेदरल्यान्ड्सका प्रारम्भिक ब्याट्सम्यानद्ध म्याक्स ओदोद २८ र माइकल लेविटले ३९ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजबंशीले एक एक विकेट लिएका छन् ।
शृंखलामा नेपालले खेलेका चारमध्ये ३ खेल हारेको छ। पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो।
त्यसपछिका दुवै खेलमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग हार बेहोरेको हो। विश्वकप लिग २ मा नेपालको ४ खेलबाट २ अंक छ। नामिबियाको ४ खेलबाट ६ र नेदरल्यान्ड्सको ४ खेलबाट ४ अंक रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १, आईतवार २०:२१चलचित्र ‘जिरो डिग्री’ को पोखराबाट छायाङ्कन सुरु
समाचार२०८२ चैत्र १, आईतवार १८:१४डिभिजन वन कार्यालय धादिङद्धारा वन डढेलो सचेतना सप्ताह सुरु
समाचार२०८२ चैत्र १, आईतवार १६:५०नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १, आईतवार १०:२३प्राविधिक परिवारलाई बोर्डद्वारा ५० हजार सहयोग








