Home कला, विचार/मनोरञ्जन चलचित्र ‘काँडेतार टिमको देशभरको सिमानामा काँडेतार लगाउनु पर्ने माग

चलचित्र ‘काँडेतार टिमको देशभरको सिमानामा काँडेतार लगाउनु पर्ने माग

31
0

काठमाडौँ। चलचित्र ‘काँडेतार को समूहले देशभरको सिमानामा काँडेतार लगाउनु पर्ने माग सहित हस्ताक्षर संकलन गरेको छ । चलचित्रका निर्देशन तथा कलाकार समेत रहेका नवल खड्काले सञ्चालन गरेको अभियानमा मंगलबार रत्नपार्कमा उक्त हस्ताक्षर संकलन कार्यक्रम गरिएको थियो ।

आफूले फिल्म ‘काँडेतार को विशेष शो गर्दा देशभरमा विभिन्न स्थानमा हस्ताक्षर अभियान सन्चालन गरेको र मंगलवार थप संकलन गरिएको बताएका छन् ।
उनले संकलन भएको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने जानकारी दिए । खड्काले निर्देशन गरेको चलचित्र ‘काँडेतार यहि फागुन २५ बाट रिलिज हुने तयारीमा रहेको छ ।

राष्ट्रिय भावनामा आधारित यो चलचित्र भारतले नेपालको सीमा मिचेर मुलुकको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरेको कथावस्तु फिल्ममा पेश गरिएको छ ।
नेपाल–भारत सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने मत पेश गरेको छ ।

फिल्ममा नवल अलावा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय रहेको छ । सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्मको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् ।

नादिया खड्का र सनया खड्का निर्माता रहेको चलचित्रमा मणि थापा र दीपक शर्माको संगीत सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको फिल्मकी कार्यकारी निर्माता सत्यकला राई हुन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous article‘अगत्स्य’ को प्रचार प्रसारको लागी बुटवल पुगे सौगात
Next articleअभिनव बने ‘अर्ना म्यानहन्ट इन्टरनेसनल नेपाल-२०२४’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here