अभिनव बने ‘अर्ना म्यानहन्ट इन्टरनेसनल नेपाल-२०२४’

अभिनव थापा ‘अर्ना म्यानहन्ट इन्टरनेसनल नेपाल-२०२४’ बनेका छन् ।
प्रतियोगिता पुरुष व्यक्तित्व र बौद्धिकतासँग सम्बन्धीत अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडलको नेपाली संस्करण
राजधानीको ठमेलस्थित क्लब टेनएक्स्मा भएको प्रतियोगितामा विजयी अभिनवले आगामी मे महिनामा थाईल्याण्डमा हुने म्यानहन्ट इन्टरनेसनल मेल सुपर मोडल २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछन्।
उपाधिसँगै अभिनवले खल्ती मिष्टर पपुलर तथा एम्पायर मिष्टर पर्सनालिटीको अवार्ड पनि हात पारे।
प्रतियोगितामा दिलिप नेपाली टेनएक्स मिष्टर फ्रेन्डशीप सहित मिष्टर इन्टरनेसनल नेपाल २०२४ को घोषित भए भने युनिक तुलाधर रनर्सअपका भएका छन्।
क्लब टेनएक्स्को सहकार्यमा ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जिइइको आयोजनामा सम्पन्न प्रतियोगितामा सोयस बलामीले अर्ना मिष्टर ट्यालेन्ट, सिद्धान्त केसीले ज्यासमिन मिष्टर फिजिक र विजय थापाले फोरेन्सिक मिष्टर फोटोजेनिक विधाको अवार्ड जिते।
अग्रज कोरियोग्राफर अनुप सक्सेनाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताका लागि फेसन कोरियोग्राफर एवं सञ्चारकर्मी रोजिन शाक्यले सहभागिहरुलाई स्टेज प्रस्तुतिकरणमा प्रशिक्षण प्रदान गरेका थिए।
प्रतियोगितामा अग्रज फेसन कोरियोग्राफर एवं अभिनेता प्रशान्त ताम्राकार, हाउस अफ फेसन नेपालका ओसिमा बानु तथा अभिनेता एवं मोडल सुशील श्रेष्ठ निर्णायक रहेका थिए।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ भाद्र ८, सोमबार ०८:२९बार्सिलोनाको फराकिलो जित
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ७, आईतवार २२:५६ललितपुरकी तिशा शाक्यले जितिन् मिस नेवाः नेपालको ताज
समाचार२०८३ भाद्र ७, आईतवार २०:४७लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ७, आईतवार १६:४१चलचित्र ‘बेहुली’को रोमान्टिक गीत ‘म भईन भने’ सार्वजनिक









